सहकर्मीको हत्यारा पक्राउ

इनेप्लिज २०७२ असोज ६ गते ९:४६ मा प्रकाशित

चौतारा, ६ असोज । सिन्धुपाल्चोकको ठोकर्पा प्रहरी चौकीमा सहकर्मीको हत्या गरी फरार प्रहरी जवान अशोक बराल पक्राउमा परेका छन् ।

ड्युटी बदल्ने क्रममा कुञ्चोक गाविस निवासी प्रहरी जवान रेशमबहादुर थापालाई गोली प्रहार गरी फरार रहेका हत्यारा बराललाई गएराति सुनखानीस्थित उनकै घर छेउबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विश्व अधिकारीले जानकारी दिनुभयो ।

हत्यारा बराललाई पक्राउ गर्न जिल्लाका सबै नाकामा प्रहरी तैनाथ गरिएको थियो । चौकीमा घटना भएपछि त्यहाँ कार्यरत सबै प्रहरीलाई बदली गरिएको छ । कस्को लापर्बाहीबाट यस्तो दुःखद् घटना भयो भन्नेबारेमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक अधिकारीले बताउनुभयो ।

प्रतिक्रिया