इलाममा आम हडताल खुकुलो पार्ने सहमति

इनेप्लिज २०७२ असोज ६ गते ४:२९ मा प्रकाशित

ilam_nepal_mapइलाम, ६ असोज । संयुक्त लिम्बवान् सङ्घर्ष समितिको तीन दिनदेखि जारी अनिश्चितकालीन आम हडताल इलाममा खुकुलो पार्ने सहमति भएको छ ।

पूर्वेली जिप तथा ट्याक्सी व्यवसायी सङ्घ, उद्योग वाणिज्य सङ्घ र आन्दोलनरत मोर्चाबीच गएराति अबेरसम्म चलेको वार्ताले आन्दोलनलाई खुकुलो पार्ने निर्णय गरेको हो । सहमतिअनुसार इलामको गाउँबाट चल्ने र मेची राजमार्गको छोटो दूरीमा चल्ने यातायात खुल्ने छ । बजार पनि खुल्ला गर्ने सहमति भएको छ ।

पूर्वेली जिप तथा ट्याक्सी व्यवसायी सङ्घका अध्यक्ष गृष्म सुब्बा, उद्योग वाणिय सङ्घकी अध्यक्ष सुशीला सापकोटा, सङ्घीय लिम्बुवान् पार्टी नेपालका जिल्ला अध्यक्ष डम्बर लोरिङदेन, सङ्घीय समाजवादी फोरम नेपालका जिल्ला सचिव याम लिम्बू र नेकपा–माओवादीका प्रवक्ता अशोक श्रेष्ठले हस्ताक्षर गरेको सहमतिपत्रमा इलाम जिल्लाभर छोटो दूरी र कच्ची सडकमा सवारीसाधन निर्वाध रुपमा चल्न दिने र बजार खुल्ला राख्ने निर्णय भएको छ । आम हडताल जारी रहे पनि बन्द नगर्ने सहमति भएको अध्यक्ष लोरिङदेनले बताउनुभयो ।

प्रतिक्रिया