एनआरएनए स्लोभेनियाको अध्यक्षमा नेपाली अवैतनिक वाणिज्यदूत आश्विनकुमार श्रेष्ठ

इनेप्लिज २०७२ असोज ६ गते ०:५० मा प्रकाशित

गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्लोभेनियाको राष्ट्रिय महाधिवेशन सफलताका साथ स्लोभेनियाको राजधानी लुबियाना शहरमा हालै सम्पन्न भएको छ। महाधिवेशनले एनआरएनए स्लोभेनियाका संस्थापक अध्यक्ष आश्विन श्रेष्ठलाई सर्वसम्मतबाट अध्यक्ष पदमा चयन गर्दै सर्वसम्मत रुपमा ७ सदस्यीय नयाँ कार्य समिति २०१५-२०१७ गठन ग-यो।

कार्यसमितिले अन्तराष्ट्रिय समन्वय परिषद सदस्य (ICC member) भने पछी तोक्ने निर्णय गरेको छ।

गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्लोभेनियाको राष्ट्रिय महाधिवेशन यूरोपका सह-संयोजक सोम सापकोटा र रोमानियाका संस्थापक अध्यक्ष नवराज पोखरेलको पहलमा सम्पन्न भएको थियो। महाधिवेशनका लागि अनुकुलता मिलाएर हामीले रोमानियाका अध्यक्ष श्री पोखरेललाई अधिकार प्रत्याजोजन गरेका थियौ भन्नु हुँदै सफलताका लागि यूरोपका संयोजक अर्जुन श्रेष्ठले हार्दिक शुभकामना पठाउनु भएको थियो र नव गठित समितिलाई हार्दिक बधाई दिनु भएको छ ।

कार्यसमितिले अन्तराष्ट्रिय समन्वय परिषद सदस्य नतोकेसम्म अध्यक्ष आश्विन कुमार श्रेष्ठलाई नै गैर आवासिय नेपाली संघको केन्द्रीय समितिसंगका सम्पर्ग व्यक्ति पनि रहनु भएको कुरा उल्लेख गरेको छ।

समितिका अध्यक्ष आश्विन श्रेष्ठले नेपाल सरकारको नेतृत्व गर्दै दुइ देश बीचको सम्बन्धलाई नजिक बनाउदै आएको कुरा जानकारी गराउनु भयो। उहाँ लामो समयदेखि स्लोभेनियाका लागि नेपाली अवैतनिक वाणिज्यदूत पनि हुनुहुन्छ।

निर्वाचित कार्यसमितिमा ,अध्यक्षः आश्विन कुमार श्रेष्ठ ,उपाध्यक्ष: पदम चित्रकार ,महासचिवः बिजय श्रेष्ठ ,सचिवः बीरमान श्रेष्ठ ,कोषाध्यक्षः अर्जुन कुमार श्रेष्ठ तथा महिला संयोजकमा माया श्रेष्ठ निर्वाचित हुनु भएको छ भने सदस्यमा राम भरोस साह निर्वाचित हुनु भएको छ l

प्रतिक्रिया