बुधबार, वैशाख २९ २०७८
काठमाडौं १७:३५
वासिङटन डिसी 07:50

अमेरिकाले दियो संविधान जारी भएकोमा नेपाललाई बधाई

इनेप्लिज २०७२ असोज ५ गते ११:१५ मा प्रकाशित

1509222011111

काठमाडौं, ५ असोज – संयुक्त राज्य अमेरिकाले संविधान जारी भएकोमा नेपाललाई बधाई दिएको छ।

अमेरिकी विदेश मन्त्रालयलका प्रवक्ता जोन कर्बीले मंगलबार वक्तव्य जारी गर्दै बधाइ दिएका हुन्। विज्ञप्तिमा संविधान जारी हुनु नेपालको प्रजातान्त्रिक यात्राको कोसेढुंगा हो, भनिएको छ। लैङ्गिक समानता, धार्मिक स्वतन्त्रता र नागरिकताको अधिकार लगायतका विश्यव्यापी रूपमा मान्यता प्राप्‍त अवधारणा तथा सिद्धान्तहरूसँग एकरूप हुने उपायहरू संविधानले अपनाएको छ भन्ने कुरा पनि सरकारले सुनिश्चित गर्नुपर्ने वक्तव्यमा उल्लेख छ।

वक्तव्यमा भनिएको छ, सबै नेपालीहरूलाई शान्तिपूर्ण तथा अहिंसात्मक माध्यमद्वारा लोकतान्त्रिक प्रक्रियामा संलग्न भइरहन हामी प्रोत्साहित गर्दछौँ। जनताले ती लोकतान्त्रिक अधिकारहरू व्यक्त गरेको बेलामा नेपाली सुरक्षा फौजलाई संयमता अपनाउन हामी आह्वान गर्दछौँ।

डिसीनेपाल बाट

प्रतिक्रिया