शुक्रबार, मंसिर १२ २०७७
काठमाडौं ०२:३१
वासिङटन डिसी 15:46

कोलोराडोमा संविधानको स्वागत (फोटो फिचर)

इनेप्लिज २०७२ असोज ५ गते ९:१८ मा प्रकाशित

8

बिआरटी, कोलोराडो–नेपालमा संविधान जारी भएको खुसीयाली अमेरिकाको कोलोराडो राज्यले पनि दिप प्रज्वलन गरी मनाएको छ । बोल्डर स्थित शेर्पा रेस्टुरेन्टको प्राङगनमा विभिन्न सङ्घ संस्थाका पधाधिकारि सहित राष्ट्रप्रेमी नेपाली मनको उपस्थिति थियो । डाइनमिक बुनाको नेपाल पुन निर्माणको आबहानका साथ नेपालले लामो समय पछि पाएको संबिधनको खुसी बनाउन आयोजित उक्त कार्यक्रममा विभिन्न बक्ताले नेपालले पाएको संबिधनको स्वागत गर्नुको साथै नेपालले अस्थिर राजनीतिबाट मुक्त भै विकासको गति लिने विश्वास गरेका थिए ।

13

साथै नेपालमा गएको महाप्रलयकारी भूकम्पले पुर्‍याएको जन धनको क्षतिको स्मरण गर्दै विभिन्न बक्ताले आफ्नो अनुभव समेत बाडेका थिए । रात्रि भोजनको आयोजना गरेर भूकम्प पीडितको पुन निर्माणको लागि डाइनामिक बुनाको सकृयातामा आर्थिक सङ्कलन समेत गरिएको थियो ।

16 18

फोटो: शैलेश पोखरेल

प्रतिक्रिया