प्राध्यापक र बुद्धिजीवीका संस्थाको संविधानलाई स्वागत

इनेप्लिज २०७२ असोज ५ गते ७:३० मा प्रकाशित

काठमाडौँ, ५ असोज । संविधानसभाबाट संविधान जारी भएकोमा विभिन्न पेसागत सङ्घ संस्थाले स्वागत गरेका छन् ।

यही असोज ३ गते संविधानसभाबाट पारित ‘नेपालको संविधान, २०७२’ लाई विशेष समारोहबीच राष्ट्रपति डा रामवरण यादवले जनतासमक्ष प्रारम्भ भएको घोषणा गर्नुभएको थियो ।

नेपाल प्राध्यापक सङ्घका अध्यक्ष रामेश्वर उपाध्याय, नेपाल बुद्धिजीवी परिषद्का अध्यक्ष डा दिनेशचन्द्र देवकोटा, हिम राइट्स संस्थाका अध्यक्ष अञ्जना शाक्यले बेग्लाबेग्लै विज्ञप्ति जारी गरी संविधानको स्वागत गर्नुभएको हो ।

उहाँहरूले लोकतान्त्रिक जनआन्दोलनको उपलब्धिलाई संस्थागत गर्दै जनताका प्रतिनिधिले पहिलो पटक संविधान जारी गर्न राजनीतिक दल र सभासद् सफल भएकामा बधाइ दिनुभएको छ ।

यस्तै, संविधानसँगै मुलुकमा गणतन्त्रको संस्थागत विकास र आर्थिक समृद्धिमा लाग्न पनि उहाँहरुले आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया