नाकाबन्दी र ताल्चा लगाउन कसैले सक्दैन: एमाओवादी नेता शर्मा

इनेप्लिज २०७२ असोज ५ गते ७:२९ मा प्रकाशित

janardan-finalपोखरा, ५ असोज । एकीकृत नेकपा (माओवादी)का नेता एवम् सभासद् जनार्दन शर्माले नेपाली जनताको भावना र हितको पक्षमा नयाँ संविधान घोषणा भएकाले यसको विरुद्धमा कसैले पनि देशमा नाकाबन्दी र ताल्चा लगाउन नसक्ने बताउनुभएको छ ।

क्रान्तिकारी पत्रकार सङ्घ कास्कीले आज बिहान यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता शर्माले देशको हितविरुद्ध र मानवअधिकार हनन हुने खालका काम कुनै नगरिएकाले नेपाली जनताले स्वतन्त्रपूर्वक गरेको निर्णयमा कुनै पनि बाह्य शक्तिको हस्तक्षेप हुन नसक्ने धारणा राख्नुभयो ।

नयाँ संविधानमा उल्लेख भएका धाराको व्याख्या गर्दै गयाँै भने अहिले असन्तुष्ट रहेका मधेसी र जनजाति पनि समझदारीमा आउने विश्वास व्यक्त गर्दै उहाँले बन्दुक हानेर मात्रै समस्याको समाधान नहुने भएकाले आन्दोलनरत पक्ष वार्तामा बसेर समस्याको समाधान खोज्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले अहिले नेपाली युवामा राष्ट्रवादी भावना बढ्दै गएकोमा खुसी व्यक्त गर्नुभयो । सो कार्यक्रम सङ्घका अध्यक्ष त्रिभुवन पौडेलको सभापतित्वमा भएको थियो ।

प्रतिक्रिया