रौतहटको गरुडामा निषेधाज्ञा हटाइयो, प्रहरी चौकीमा आगजनी

इनेप्लिज २०७२ असोज ५ गते ३:५३ मा प्रकाशित

रौतहट, ५ असोज । जिल्ला प्रशासन कार्यालय रौतहटले सोमबार साँझबाट जिल्लाको मध्य भागमा रहेको गरुडा आसपासका क्षेत्रमा लगाएको निषेधाज्ञा आज बिहान ४ बजेबाट हटाएको छ ।

सो क्षेत्रमा उत्पन्न असहज परिस्थिति साम्य भएकाले निषेधाज्ञा हटाएको प्रमुख जिल्ला अधिकारी मदन भुजेलले बताउनुभयो ।
यसैबीच प्रदर्शनकारीले गएराति स्थानीय रङ्गपुर गाविसमा रहेको प्रहरी चौकी तोडफोड गर्नुका साथै त्यहाँ रहेको प्रतीक्षालयमा आगजनी गरेका थिए ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट १२ किलोमिटर दक्षिण पश्चिममा रहेको प्रहरी नबसेका सो चौकीमा प्रदर्शनकारीले गोल घरमा आगो लगाएको र तोडफोडका कारण भवनमा क्षति पुगेको प्रहरीनायब उपरीक्षक मनोजकुमार यादवले बताउनुभयो ।

प्रतिक्रिया