नेपालमा संविधानको घोषण सँगै कनेक्टिकटमा दीप प्रज्वलन

इनेप्लिज २०७२ असोज ५ गते २:०१ मा प्रकाशित

candle

मातृभुमि नेपालमा संघिय गणतन्त्र नेपालको संविधान २०७२ को घोषण सँगै कनेक्टिकट राज्यमा छरिएर रहेका प्रवासी नेपालहरु वीच खुशियाली मनाउने, शुभकामना आदान प्रदान गर्ने तथा संविधानको दिगोपनको कामना गर्ने उद्देश्यका साथ कनेक्टिकट नेपाली समाज(नेकोन) ले गत सेप्टेम्बर २०, तारिख आर्इृतबार साँझ वेस्ट हार्डफोर्डको केनेडी मेमोरियल स्टेट पार्कमा दीप प्रज्वलन गर्यो ।

शुभकामना मन्तव्य दिदै संस्थाका अध्यक्ष श्री शंकर प्रसाद ढकालले संस्थाको तर्फबाट उपस्थित सम्पुर्णलाई धन्यवाद दिदै नेपालमा राजनैतिक दलहरुको एकतालेनै संविधान जारी भएको र प्रवासी नेपालीहरुको हक हित र भलाई एकता वाटै संभव हुने बताउनु भयो । सस्थाकी सल्लाहकार वसन्ता न्यौपानेले एकता नै बल भएको,यसैबाट संविधान संभव भएको र प्रवासी महिलाहरु प्नि एकजुट हुनुपर्ने बताउनु भयो । शुभकामना मन्तव्य दिनेहरुमा सदस्यहरु राम सुवेदी, कृष्ण अधिकारी, यादव दुलाल हुनुहुन्यो भने गैरआवासिय नेपाली संघ, कनेक्टिकटका प्रतिनिधि लक्ष्मि बजगाईले हाल जारी नेपालको संविधान प्रवासी नेपालीको हितमा रहेको बताउनु भयो । उक्त मैनवत्ती प्रज्वलनको लागि स्वतःस्फुर्त रुपमा करिब २०० जना कनेटिक्कट बासी प्रवासी नेपालीहरु सहभागी रहेका थिए ।

नेपालमा असोज ३ गते जारी गरिएको संविधान जनताकै प्रतिनिधि प्रथम राष्ट्रपति डा.रामवरण यादव द्धारा जनताकै लागि प्रथम पटक घोषण गरिएको थियो । जन प्रतिनिधिहरुबाट जनताको सहभागितामा जनताकै लागि तयार पारी घोषणा गरिएता पनि अझै केही असन्तुस्ट पक्ष बाहिरै छन । बाँकी रहेका असन्तुस्ट पक्षलाई लोकतान्त्रीक ढंगले प्रवेश गर्न दिने ढोका भने यस संविधानले खुल्ला राखेको छ । यसले प्रवासी नेपालीलाई नागरिकता,आर्थिक,सास्कृतिक, र बसोबासको अधिकार प्रदान गरी प्रवासी नेपालीहरु प्रति पनि उदार देखिएको छ ।

त्यसैले यसलाई ऐतिहासिक र जनताकै संविधान भन्न सकिन्छ । यस्तो महत्वपुर्ण दिन एक युगमा एक पटक मात्र आउने गर्दछ । त्यसैले आफु जुन संघ,देश वा परदेशमा रहेता पनि दिपावली गरौ खुशियाली मनाऔ । म नेपाली, हामी नेपाली , हामी सवै नेपाली भन्ने भावनाको विकास गरौ । देशको मुल कानुन संविधानलाई पालना गर्नु सम्पुर्ण नेपालीको परम कर्तव्र्य हुन आउँछ । त्यसैले यस संविधानको कार्यान्वयनमा जोड दिई सम्वृद्ध राष्ट्रको निमार्ण गरौ ।

प्रतिक्रिया