अमेरिकामा संबिधानलाई भब्य स्वागत र कतै बिरोधको स्वर

इनेप्लिज २०७२ असोज ५ गते १:०० मा प्रकाशित

DSC00960अमेरिका भर नेपालको संविधान २०७२ को भव्य स्वागत गर्दै दिप प्रज्वलन गर्दै खुशी मनाईएको छ l अमेरिका भर रहेका समस्त संघ तथा संस्था तथा व्यक्तिगत रुपमा ८ बर्ष सम्मको लामो प्रतिक्षा पछि संबिधान पाएकोमा घर घरमा नेपाली झन्डा तथा दिपावली मनाइएको छ l

नेपालको नयाँ संबिधान जारी हुनु पर्ने मिति २०६७ जेठ १४ गते भएता पनि थपिएको म्यादमा गुज्रेको दिन नै १ हजार ९ सय ४३ दिन बिति सके पछि झन्डै ८ बर्षमा पाएको नया संबिधानले अमेरिकाबासिलाई निकै हर्ष तुल्याएको छ l

DSC00903स्वस्फूर्त रुपमा खुशियाली स्वरुप मनाईने कार्यक्रम स्थल पुग्दै शुभकामना आदान प्रदान गरि खुसि मनाएका छन् l अमेरिकाको डिसी महानगर क्षेत्रका संघ तथा संस्थाले सयुक्त रुपमा भर्जिनियाको मनाससमा भब्य कार्यक्रमको आयोजना गरि दिप प्रज्वलन तथा बाल्टिमोरमा पनि दिप प्रज्वलन गर्दै नया संबिधानलाई भब्य स्वागत गरेका छन् l

एक तर्फ संबिधान आउदा हर्षको सिमा नै रहेको छैन भने अर्को तर्फ नया संबिधानको विरोध गरिएको समाचार प्राप्त भएको छ l युगौ देखि दबाएर राखिएको बर्ग दलित, जनजाती, महिला, मुस्लिम, थारु,मधेशी जनतालाई फेरी पनी कहिल्यै उभो लाग्न नदिने गरी नयाँ संबिधान लेखिएको भन्दै चर्को बिरोध अमेरिकामा गरिएको छ l

DSC_0065-800x534न्यु योर्कमा भएको बिरोध कार्यक्रममा संयुक्त राष्ट्र संघको महा सभामा भाग लिन प्रधानमंत्री सुशिल कोईरालालाई कालो झण्डाले स्वागत गर्ने घोषणा गर्ने बुझिएको छ l यसको साथै अन्य नेताहरु र मन्त्रिहरु जो कोही विदेश भ्रमणमा जाँदा सबैलाई अब देखी कालो झण्डाले स्वागत गरिने घोषणा समेत गरिने भएको छ l

यसै गरि अमेरिकाका विभिन्न सहरमा पनि नया संविधानको बिरोधको चर्को आवाज निकालिएको छ l अमेरिकामा रहेका नेपाल आदिवासी जनजाति महासंघ, अमेरिका ,संघिय समाजबादी फोरम, अमेरिका ,एसोसिएशन अफ तराई नेपलिज ईन अमेरिका ,संघिय लिम्बुवान समाज, अमेरिका ,संयुक्त मधेशी-थारु समाज ईन अमेरिका तथा सोलिडारिटी फ्रन्ट फर डेमोक्रेसी इन अमेरिकाले संबिधान बहिस्कार गरेका छन् l अमेरिकाको बिभिन्न सहरमा संविधानको प्रति (कपि )समेत च्यातेर बिरोध गरेका छन् ।

DSC00929 DSC00865

DSC00785

DSC00847 IMG_3040-800x600 baltimore-1-650x488 unnamed (1)

प्रतिक्रिया