नेपालको संबिधान जारी भएको खुसियालीमा कोलोराडोमा दीप प्रज्वलन

इनेप्लिज २०७२ असोज ४ गते २३:०९ मा प्रकाशित

DSC_0065-800x534नेपालमा यहि सेप्टेम्बर २० मा जारी भएको संघिय लोकतान्त्रिक गणतन्त्र  नेपालको   सम्भिधानको समर्थनमा कोलोराडोमा एक भब्य दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ | कोलोराडोमा रहेका आम नेपाली समुदायको सक्रियतामा सम्पन्न उक्त कार्यक्रममा  कोलोराडोमा रहेका विभिन्न संघसंस्थाका प्रतिनिधि र सर्वसाधारणको उपस्थिति रहेको थियो |

कोलोराडोको ब्राइटनस्थित मन्दिरमा सम्पन्न उक्त् कर्यक्रम स्थनीय नेपाली संस्थाहरु रक्की मोउन्टेन फ्रेण्ड् अफ नेपाल र नेपाली घरको संयुक्त आयोजनामा भएको थियो | रक्की मोउन्टेन फ्रेण्ड् अफ नेपालका महासचिब श्री बिनोद त्रिपाठीले सन्चालन गर्नुभएको उक्त कार्यक्रममा बिभिन्न बिशिष्ठ बक्ताहरुले आफ्नो आफ्नो धारणा राख्दै शुभकामना मन्त्यब्य राख्नु भएको थियो|

DSC_0039-800x534मन्तब्य ब्यक्त गर्ने क्रममा स्थानीय बरिष्ठ बुद्धिजिबि श्री राम प्रसाद श्रेष्ठले ६५ बर्ष देखिको नेपालीहरुको जनप्रतिनीधिद्वरा सम्भिधान बनाउने चाहाना पुरा भएकोमा उपस्थित सबैलाई बधाई दिदै खुशी प्रकट गर्नुभएको थियो|त्यस्तै कार्यक्रमका अर्का बरिस्ठ अथिति डा बिजय राज शर्माले नेपालमा सम्भिधान जारी भएकोमा खुशी ब्यक्त गर्दै यसको कार्यान्वयनमा नेपालका राजनितिज्ञहरुलाई सफलता मिलोस भनी शुभकामना दिनुभएको थियो।कार्यक्रमका अर्का बक्ता रक्कि माउन्टेन फ्रेन्ड् अफ नेपालका सल्लाकार श्री रमेश गुरुङले बिदेशमा रहेका नेपालीहरुको आवाजलाई पनि समेटेर नेपालको सम्भिधान जारी भएकोमा नेपाल सरकारलाई धन्यवाद दिन्दै यस खुशियालिमा सबैलाई शुभकामना दिनुभएको थियो।

IMG_1019त्यस्तै उक्त कार्यक्रमलाई सम्बोधन गर्ने अन्य बक्ताहरुमा रक्कि माउन्टेन फ्रेन्ड् अफ नेपालका पुर्ब अध्यक्ष श्री अजय प्रधान, बर्तमान अध्यक्ष श्री शरद आचार्य तथा नेपाली घरका अध्यक्ष श्री योगराज गौतम हुनुहुन्थियो।उँहाहरुले उक्त कार्यक्रममा उपस्थित सबैलाई बधाई तथा शुभकामना दिनु भएको थियो।

 नेपाली राष्ट्रिय गान सहित आधा मिनट ज्ञात अज्ञात सहिदहरुलाइ सम्मान गर्दै गरिएको कार्यक्रममा  दीप प्रज्वलन गरी नयाँ सबिधानको स्वागत गरियो |

DSC_0039-800x534

प्रतिक्रिया