शनिबार, मंसिर १३ २०७७
काठमाडौं १६:०६
वासिङटन डिसी 05:21

संविधान जारी भएको उपलक्षमा Houston Texas मा मैनबत्ती प्रज्वलन तथा खुशियाली उत्सव सम्पन्न

इनेप्लिज २०७२ असोज ४ गते २२:०६ मा प्रकाशित

IMG_3040

 

 

नेपालमा यहि सेप्टेम्बर २० मा जारी भएको “नेपालको संविधान २०७२” घोषणाको को समर्थनमा स्वदेश र प्रवासमा पनि जताततै खुसियाली मनाउने क्रममा Houston TX मा पनि एक भब्य स्वागत तथा दिपावली कार्यक्रम सम्पन्न भएको समाचार प्राप्त भएको छ | सिर्जनशील नेपाली समाज Houston Texas द्वारा आयोजित उक्त मैनबत्ती प्रज्वलन तथा खुशियाली उत्सव कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष उमापति भुसालले गर्नुभएको थियो एवं कार्यक्रम संचालन तथा स्वागत संस्थाका कोषध्यक्ष बालकृष्ण बानियाले गर्नुभएको थियो | कार्यक्रमको प्रारम्भ नेपाली राष्ट्रियगान बाट भएको उक्त कार्यक्रममा संस्थाका संस्थाका अध्यक्ष उमापति भुसालले मैनबत्ती प्रज्वलन गरि कार्यक्रमको उद्घाटन को गर्नुभएको थियो ।

IMG_3031
कार्यक्रममा सहभागीहरु निकै प्रफुल्ल मुद्रामा देखिएका थिए र साच्चिकै अव्दितीय पर्ब मनाइरहेको आभास भएको थियो । कार्यक्रममा कार्यकारी समितिका गंगा शर्मा ,गीता आचार्य, उदय छेत्री ,सुरज पाण्डे, लाल प्रसाद अर्याल ,प्रकाश लुइँटेल ,किरण दाहाल ,घनश्याम पाठकका साथै रीना पुन , जानकी भुसाल ,शुशिला आचार्य , जयन्ति भुसाल ,लक्ष्मी बोहरा ,साधना शर्मा समेतको उपस्थिति थियो ।
कार्यक्रममा मन्तब्य राख्दै संस्थाका अध्यक्ष उमापति भुसालले “अन्तरिक रुपमा देशभित्र समस्याका बाबजूद घोषणा भएको नेपालको संबिधान २०७२ को निकै ठुलो महत्व रहेको छ भन्नु हुदै ऐतिहासिक परिवर्तनको बेलामा र संकर्मणकालमा केहि समस्याहरु देखिन्छन त्यो स्वाभाविक नै हो तर त्यसको सहि समाधान खोज्नै पर्छ ।त्यस्तैगरी प्रवासमा रहनेहरुका लागि पनि संबिधानले सम्बोधन गरेको छ भन्दै हामी विश्वमै संविधानसभाको माध्यमबाट सबैभन्दा पहिला संबिधान जारी भएको मुलुक अमेरिकामा छौं र अहिले हाम्रो मातृभुमिले पनि सोहि विधिबाट संबिधान पाएको हुँदा अमेरिकन मोडेलबाट नेपालको पनि बिकास होस् भन्नुभयो ।संबिधान घोषणा अति महत्वपूर्ण थियो भने त्यो भन्दा महत्वपूर्ण काम सबैका जायज माग र समस्यालाई यथाशिघ्र सम्बोधन गरि संविधानको सहि कार्यान्वयन गरि समावेशी समृद्ध नेपालकोको निर्माणमा लाग्नु अझ महत्वपूर्ण र अति आवस्यक छ भन्दै समग्र नेपालको उन्नति प्रगतिको कामना समेत उहाँले गर्नुभयो ।संबिधान राज्य संचालनको औजार भएको र सो को सहि सदुपयोग गरि देश विकास गर्नु पर्दछ साथै निर्वाचित जनप्रतिनिधिको करिब ८५% ले पारित संबिधान सर्बोत्कृष्ट भएको र आवश्यकता अनुसार परिवर्तन समेत गर्न सकिने भएकोले यसको स्वागत गर्नुको विकल्प छैन भन्दै संबिधान निर्माणमा लागिपर्ने सबैलाई धन्यबाद दिदै नेपाली जनतालाई बधाई र शुभकामना समेत व्यक्त गर्नुभयो ।“

IMG_3024

प्रतिक्रिया