शनिबार, मंसिर १३ २०७७
काठमाडौं ०७:२७
वासिङटन डिसी 20:42

जगदम्बा लुम्बिनी फुटबल क्लव र मोरङ फुटबल क्लव बराबरीमा

इनेप्लिज २०७२ असोज ४ गते २२:०१ मा प्रकाशित

DSC_0769असोज ४ गते ।
रेड बुल राष्ट्रिय लिगको होम एण्ड अवे अन्तरगत मोरङको लक्ष्मीमार्ग स्थित लक्ष्मी खेल मैदानमा सोमबार भएको खेलमा जगदम्बा लुम्बिनी फुटबल क्लव र मोरङ फुटबल क्लवले बराबरी खेल्दै अंक बाँढेका छन् ।
खेलमा मोरङका सुनील खड्काले ५८ औं मिनेटमा पहिलो गोल गरें । नीरज बस्नेतले दिएको पासलाई सदुपयोग गर्दै खड्काले घरेलु दर्शकलाई खुशी बाँढेका थिए । ८३ मिनेटमा जगदम्बाका लक्ष्मण रुचालले मोरङ विरुद्ध १ गोल फर्काएर खेललाई १–१ को बराबरीमा पु¥याए । २ दिन अघि लिगको शीर्ष स्थानमा रहेको झापा– ११ लाई घरेलु मैदानमा हराएर निक्कै उत्साही देखिएको जगदम्बा लुम्बिनीले उतरार्धमा मोरङलाई दवाबमा राखेको थियो ।

DSC_0779
खेल सुरु भए देखि नै घरेलु टोली मोरङले दवावमा राखेको जगदम्बाले पुर्वाद्र्धमा कुनै चमत्कारिक प्रदर्शन गर्न सकेन । मोरङका सुनील खड्काले ७ औं र २३ औ मिनेटमा गोल गर्ने उत्कृष्ठ अवशरलाई प्रयोग गर्न सकेनन् । लगत्तै ३८ औं मिनेटमा कुवेर न्यौपानेले एक्लै बढाएर प्रहार गरेको बलले पनि जालिको निसाना पाउन सकेन । पुर्वाद्र्धमा निक्कै राम्रा अवशर निकालेको मोरङले उत्तरार्धमा लगातार दवाव खेप्नु प¥यो । रक्षात्मक देखिएको मोरङ विरुद्ध जगदम्बाका विश्व श्रेष्ठ, पूर्ण गुरुङ र अजय विक हावी भए । खेल सकिन लाग्दा पाहुना टोलीका सुरज हमाल र बिमल बस्नेतले पहेंलो कार्ड पाए पछि मोरङे खेलाडी अलि हौसिएका थिए । तर निर्धारित समय थप गोल नभई सकिए पछि झापालाई घरेलु मैदानमा पाखा लगाउन सफल जगदम्बा मोरङसँग अंक बाँड्न बाध्य भयो । ७ गते मोरङले थ्री स्टारको सामना गर्ने छ । आजको खेलमा मोरङका रमेश उराब म्यान अफ द म्याच घोषि त भए ।

प्रतिक्रिया