शुक्रबार, मंसिर १९ २०७७
काठमाडौं १७:१३
वासिङटन डिसी 06:28

उत्तरपूर्वी नाइजेरियामा विस्फोट हुँदा २१ जनाको मृत्यु

इनेप्लिज २०७२ असोज ४ गते १४:३७ मा प्रकाशित

मैदुगुरी (नाइजेरिया), ४ असोज । उत्तरपूर्वी नाइजेरियाको मैदुगुरीमा बोको हराम समूहका लडाकूद्वारा गराइएको भनिएको विस्फोटमा परी कम्तिमा २१ जना नागरिकको मृत्यु भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

उद्धारमा संलग्न विभिन्न मानव अधिकारवादी सङ्गठन तथा नाइजेरियाको सैनिक अधिकारीले एकपछि अर्को गर्दै उक्त स्थानमा तीनवटा शक्तिशाली बम विस्फोट गराइएको थियो ।

तर, स्थानीयले चारवटा विस्फोटक पदार्थ एउटा मस्जिद तथा अन्य फुटबल दर्शकले एक ठाउँमा जम्मा भई एक टेलिभिजनबाट फुटबलको प्रत्यक्ष प्रसारण हेरिरहेको ठाउँमा गराएका थिए ।

प्रतिक्रिया