विरोध भए पनि खुसियाली जुलुस

इनेप्लिज २०७२ असोज ४ गते १४:२४ मा प्रकाशित

इनरुवा, ४ असोज । नयाँ संविधान घोषणा भएसँगै सुनसरी सदरमुकाम इनरुवामा आज खुसियाली जुलुस निकालिएको छ ।

प्रमुख तीन राजनीतिक दलका नेता तथा कार्यकर्ताले निकालेको संयुक्त जुलुसमा स्थानीयवासीको उल्लेख्य सहभागिता थियो ।

गाउँ गाउँबाट नेपालको झन्डासहित निस्केको जुलुसले इनरुवा नगरका विभिन्न भागको परिक्रमा गरेको थियो । इनरुवा नगरको परिक्रमापछि सखुवागाछी चोकमा संविधानका पक्षधरले कोणसभा गरी एकापसमा खुसियाली साटासाट गरेका थिए ।

इनरुवा बजार क्षेत्रमा भेला भएका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका हजारौँ कार्यकर्ताले भने विरोधमा नाराबाजी गरेका थिए ।

प्रतिक्रिया