शनिबार, मंसिर २० २०७७
काठमाडौं १९:५५
वासिङटन डिसी 09:10

राष्ट्र निर्माणमा जुट्नुस्: अर्थमन्त्री

इनेप्लिज २०७२ असोज ४ गते १३:२८ मा प्रकाशित

ramsaran-mahatपोखरा, ४ असोज । अर्थमन्त्री डा रामशरण महतले अब देशले संविधान पाइसकेकाले बन्द, हडताल, तोडफोड र अनावश्यक राजनीतिक विवाद त्यागेर राष्ट्र निर्माणमा जुट्न सवैसँग आग्रह गर्नुभएको छ ।

नेपालको संविधानको स्वागतार्थ आज मानव अधिकारचोकमा भएको उत्सवसभालाई सम्बोधन गर्दै उहाँले अब सारा शक्ति आर्थिक कार्यसूचीमा केन्द्रविन्दु गरेर देशलाई समृद्धितिर लाग्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले मधेसका केही शक्ति पहाड र मधेसीबीच अविश्वास बढाएर आफ्नो निहित स्वार्थ पूरा गर्नतर्पm लागेको आरोप पनि लगाउनुभयो ।

सो अवसरमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री खगराज अधिकारीले नयाँ संविधानको विरोध गर्नु भनेको जनमत र कानुनको विरोध गर्नु हो भन्नुभयो । उहाँले अब सबैलाई कानुनको सम्मान गरी लोकतन्त्रको विश्वास गर्दै अघि बढ्न सबैसँग आग्रह गर्नुभयो ।

नेकपा(एमाले) स्थायी समिति सदस्य शङ्कर पोखरेलले सबै जातजाति र समुदायले नयाँ संविधानबाट केही न केही पाएको धारणा राख्नुभयो ।

एकीकृत नेकपा (माओवादी) स्थायी समिति सदस्य जनार्दन शर्माले नयाँ संविधान घोषणासँगै समाजवादी क्रान्तिको बाटो अघि बढेको बताउनुभयो । व्यवस्थापिका–संसद्, विकास समितिका सभापति रवीन्द्र अधिकारीले नयांँ संविधान विश्वकै उत्कृष्ट भएको जिकिर गर्नुभयो ।

कार्यक्रममा नेपाली काँग्रेस कास्कीका सभापति यज्ञबहादुर थापा, सांसद सीता गिरी ओली, शारदा पौडेल, तेजकुमारी पौडेल, वृन्दा रानालगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । यसअघि पोखराबाट सुरु भएको बाजागाजासहितका पदयात्रा नगर परिक्रमा गरी सभामा परिणत भएको थियो ।

प्रतिक्रिया