बुधबार, मंसिर १७ २०७७
काठमाडौं १७:५२
वासिङटन डिसी 07:07

क्यालिफोर्नियामा नेपालको संविधान २०७२ को दिप प्रज्वलन गरि स्वागत

इनेप्लिज २०७२ असोज ४ गते ११:३७ मा प्रकाशित

njss3संघीय गणतन्त्र नेपालको संविधान २०७२ लाई नेपाली जनसम्पर्क समिति नर्दन क्यालिफोर्नियाले दिप प्रज्वलन गरि सन फ्रान्सस्सिकोमा स्वागत तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । संघीय गणतन्त्र नेपालको संविधान २०७२ जारी भएर लागू भएको उपलक्ष्यमा नेपाली जनसम्पर्क समिति

नर्दन क्यालिफोर्नियाले बे एरियामा बधाई तथा शुभकामना आदानप्रदान तथा दिप प्रज्वलन कार्यक्रम भव्यताका साथ सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा नेपाली जनसम्पर्क समिति अमेरिकाका वरिष्ठ उपाध्यक्ष धनञ्जयनरसिंह केसी, केन्द्रीय सचिव ईश्वर सापकोटा, जनसम्पर्क समितिका वरिष्ठ नेता विनोद भट्ट लगायत एनआरएन राष्ट्रिय समन्वय परिषद अमेरिकाका क्षेत्रीय उपाध्यक्ष डिल्लीराम भट्टराई, सचिव शंकर खड्का, मिडिया कोअर्डिनेटर सर्वज्ञ वाग्ले, एनआरएन राष्ट्रिय समन्वय परिषद क्यालिफोर्निया च्याप्टरका सभापति पूर्ण बानिया, महासचिव सुरेन्द्र मल्ल, नेपाली जनसम्पर्क समिति सेट्ले च्याप्टरका पूर्व सभापति कृति शाही, सन्नी सगरमाथा समाजका उपाध्यक्ष भरत शर्मा, महासचिव पुरुषोत्तम अधिकारी, एनएजीएन क्यालिफोर्निया च्याप्टरका संस्थापक अध्यक्ष विष्णु गुरुङ, वर्तमान अध्यक्ष गीता श्रेष्ठ, समाजसेवीहरु हरिहर दाहाल, राधा शर्मा,
मदरल्याण्डका सभापति अनिल पाण्डे, दि ह्वाइट जोनका पूर्व सभापति राजेश थापा, वानाका सभापति उत्तम कार्की, समाजसेवी दुर्गा दाहाल, मणि पनेरु लगायत विभिन्न संघसंस्थाका पदाधिकारीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

shobhaकार्यक्रमको औचित्यबारे नेपाली जनसम्पर्क समितिका सचिव हरि भट्टले छोटो प्रकाश पार्नुभएको थियो । उपस्थित सम्पूर्ण संघसंस्था तथा महानुभावहरुलाई संस्थाका उपाध्यक्ष नारायण खनालले स्वागत गर्नुभएको थियो भने कार्यक्रमको अन्तमा सबैलाई धन्यवाद दिंदै सभापति पूर्ण शेर्पाले समापन गर्नुभएको थियो । सभापति शेर्पाले उक्त कार्यक्रममा सहभागी सबैप्रति कृतज्ञता ज्ञापन गर्दै शुभकामना दिनुभएको थियो । कार्यक्रममा उपस्थित सबैले एक आपसमा शुभकामना आदानप्रदान गर्दै ढिलै भए पनि नेपालले एउटा ऐतिहासिक उपलब्धि हासिल गरेकोमा खुशी व्यक्त गरेका थिए । अब नेपालले विकासतर्फ अर्को क्रान्ति गर्नुपर्ने सबैको धारणा रहेको थियो । शुभकामना आदानप्रदानपछि जेष्ठ सदस्य श्रीमति शोभा दाहालले दिप प्रज्वलनको उदघाटन गर्नुभयो र सहभागी सबैले दिप प्रज्वलन गरि हर्षोल्लास गरि नयाँ संविधानलाई स्वागत तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया