संबिधानको घोषणासँगै १ सय २९ पटक रक्तदान

इनेप्लिज २०७२ असोज ४ गते ०:५७ मा प्रकाशित

ajay satyal

रगत दान जीवन दान भन्ने मूल मन्त्र बाट प्रभावित भएका अमेरिकाको फ्लोरिडा राज्यका समाज सेवी अजय सत्याल ले ८ बर्ष पछि संबिधान बनेको खुशियालीमा रगत दान गरेका छन् l उनले यस पटक समेत लगाएर अहिले सम्म १ सय २९ पटक रक्तदान गरेर अमेरिकामा बस्ने नेपाल र नेपालीको नाम अलग रुपमा चिनाएका छन् l

उनले अमेरिकामा बसी नेपालमा संविधानको घोषणा प्रतक्ष्य प्रसारण हेरी संबिधानको घोषणा भए लगतै यो भन्दा खुसि आफ्नो लागि केहि हुदैन भन्दै रगत दान गरेको बताए l नेपालको नया संबिधान २०७२ लाई हृदय देखि स्वागत गर्दै तुरुन्तै मैले केहि गर्नु छ भनि यही ठिक होला भनि रक्तदान गरेको बताए l

म अत्यन्तै खुशी छु अगाडी सत्यालले भन्दै यो प्लाटेलेट्स दान गरेको भन्दै संबिधानले देश बचाउने छ l यसले हाम्रा परम्परा तथा आत्मसम्मानलाई बचाउने बताए l सत्याल समाजसेवि को अतिरिक्त ब्लड डोनेसन अफ अमेरिकाका फ्लोरिडा राज्यका संयोजक तथा अन्तर राष्ट्रिय नेपलिज ब्लड डोनर्सका उपाध्यक्ष समेत रहेका छन् l

प्रतिक्रिया