माननीयहरु धन्य हो, अब नयाँ नेपाल बन्ने भोः अमेरिकाबाट आमा अत्तर क्षेत्री

इनेप्लिज २०७२ असोज ३ गते २३:३४ मा प्रकाशित

attar

कोशी अञ्चल ,सुनसरी जिल्ला धरान घर भै हाल ५ बर्ष देखि अमेरिकाको भर्जिनियाको हर्नडन शहरमा बसोबास गर्दै आउनु भएकी आमा अत्तर क्षेत्रीलाई हिजो संबिधान नबनेकोले चित्त दुखेको थियो l र दिक्क मान्नु थाल्नु भएको थियो l

राजनीति दलहरु बिच सहमति नहुदा जनताले दुख पाएका हुन् भन्दै राजनैतिक दल र नेताहरुलाई व्यंगात्मक कविता दुई पटक अमेरिका बाट संसार भर रहेका नेपाली समुदायलाई सुनाई सक्नु भएको थियो l पहिला “संविधान आएन के भयो भयो ,देशको स्थिति बिग्रदै गयो बिर्सियौकि भनेर सम्झाएको मैले “भन्दै संबिधान छिट्टै हेर्न पाउ भन्दै अमेरिकाबाट कविता वाचन गर्नु भएको थियो l

देशमा आज संबिधानको घोषणा भए पछि आमा अत्तर क्षेत्री दंग पर्नु भएको छ l र हर्षको सिमा नै रहेन अब भन्दै अहिले हाम्रो नेपालमा संबिधान आएको छ ,सारा नेपालीलाई खुशीले छाकोछ भन्ने कविता फेरी ६०१ माननीय तथा बिश्व भर रहेका सम्पूर्ण नेपालीलाई सुनाउन चाहनु भएको छ l

कविता वाचन गर्दै आमा अत्तर क्षेत्री : भिडियो सहित

प्रतिक्रिया