आगलागीबाट बसमा क्षति

इनेप्लिज २०७२ असोज ३ गते १४:१२ मा प्रकाशित

काठमाडौँ, ३ असोज । काठमाडौँको पुरानो बसपार्कमा रोकिराखेको बा२ख २९५४ नं को पुरानो बसपार्क–दक्षिणकाली रुटमा चल्ने सार्वजनिक सवारीमा आगलागी भई क्षति भएको छ ।

बसमा के कारणले आगो लाग्यो भन्ने यकिन नभएको महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीले जनाएको छ ।

रोकिराखेका बेला तार सर्ट भएर आफैँ आगलागी भएकाले कसैको हात हुन सक्ने या नसक्ने भन्ने विषयमा अनुसन्धान भइरहेको कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक नारायणसिंह खड्काले जानकारी दिनुभयो ।

आगलागीबाट बसको सिट, झ्याल र इन्जिनमा समेत क्षति पुगेको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया