काँग्रेस र एमाले पार्टी कार्यालयमा तोडफोड

इनेप्लिज २०७२ असोज ३ गते १३:५४ मा प्रकाशित

रौतहट, ३ असोज । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले आज रौतहटस्थित नेपाली काँग्रेस तथा नेकपा(एमाले)को पार्टी कार्यालयमा तोडफोड र आगजनी गरेका छन् ।

मोर्चाका कार्यकर्ताले गरुडास्थित एमाले पार्टी कार्यालय तोडफोड र आगजनी गरेपछि प्रहरी र आन्दोलनकारीबीच केहीबेर झडप पनि भएको थियो ।

झडपको क्रममा मोर्चाका कार्यकर्ताले हानेको ढुङ्गा लागी इलाका प्रहरी कार्यालय गरुडामा कार्यरत प्रहरी जवान विर्ख तामाङ, योगेश खड्कालगायत पाँच प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक सुधिरराज शाहीले जानकारी दिनुभयो ।

प्रतिक्रिया