जितु ,बद्रि ,निरु ,शिला तथा राम कृष्णले डिसी घन्काए

इनेप्लिज २०७२ असोज २ गते २१:२२ मा प्रकाशित

IMG_2392

नेपाल अमेरिका पत्रकार संघ- नेजाले आयोजना गरेको २०७२ दशैँ तथा तिहार कार्यक्रम भव्यताको साथ डिसी महानगर क्षेत्रको भर्जिनियामा सफलता पूर्वक सम्पन्न भएको छ l

नेजा नाइट २०१५ को नामकरण गरिएको उक्त सांस्कृतिक कार्यक्रममा नेपालका ख्याती प्राप्त हाँस्य कलाकार जितु नेपाल( मुन्द्रे )लोक दोहोरी गायक/गायिका बद्री पगेनी,शिला आले, प्रसिद्ध हास्य कलाकार तथा नृत्यांगना निर्मला खड्का (निरु), भुटानी समुदायका चर्चित गायक कृष्ण ढकाल तथा नेपालका चर्चित गायक राम कृष्ण ढकालले आ-आफ्नो गीत,नृत्य र हाँस्य व्यंग्य प्रस्तुती मार्फत दर्शकहरुलाई भरपुर मनोरन्जन प्रदान गर्न सफल भएका छन् l

IMG_2471उक्त सांस्कृतिक कार्यक्रममा निरु खड्काले राष्ट्रियता झल्काउने सुन्दर शान्त नेपालमा नृत्य तथा अर्को हास्य व्यंग बेजोड़का साथ प्रस्तुति गरेकी थिइन् l प्रख्यात लोक गायिका शिला आलेले लोक गित बाट सुरुवात गर्दै दर्शकआई मंचमा बोलाई नचाएकी थिइन् भने उन्को अर्को प्रस्तुति लोक दोहोरि बद्रि पंगेनी संग गरेकी थिइन् l

IMG_2357दर्शक मन थाम्न नसकी लोक गित तथा दोहिरी गितमा नाचेर साथ दिएका थिए l बद्रि पंगेनीले हात देखाउदा ज्योतिषले युएसए जान्छस भन्थे भन्ने गितमा दर्शकले खुब मनोरंजन गर्दै उनि संगै मंचमा नाचेका थिए l जितु नेपालको बिबिध प्रतिभा प्रस्फुटनले दर्शक पेट मिचीमिची हास्न बाध्य भएका थिए भने ज्यादा हसायेकोले च्यापु नै दुखेको दर्शकले मनोरंजन भएको बताएका थिए l

भुटानी समुदायका गायक कृष्ण ढकालले २ वटा गित गएका थिए भने नेपालका चर्चित गायक राम कृष्ण ढकालले जम्मा ६ वटा गित गएका थिए l ४ वटा उनका मन परेका जसमा दर्शकको फर्माइस ,एउटा स्व नारायण गोपालको गित केहि मिठो बात गर र अन्तिम गित चरीले गाउदै बिदा मागेका थिए l

IMG_2551कार्यक्रम संचालन संचार कर्मी परशु तिमिल्सिना तथा वर्ल्ड बिजनेश एण्ड म्यानेजमेन्ट कन्सलट्यान्ट एलएलसी युएसए का संस्थापक बुद्धि प्रसाद रेग्मीले गरेका थिए l कार्यक्रममा संस्थाका अध्यक्ष गौतम दाहालले स्वागत मन्तब्य तथा धन्यवाद ज्ञापन नेजाका क्षेत्रीय उपाध्यक्ष विश्व राज थापाले गरेका थिए l

IMG_2417

कार्यक्रमको अन्त्यमा सबै कलाकारलाई सम्मान प्रमुख अतिथि अमेरिकाका लागि नेपाली राजदुत अर्जुन कुमार कार्की (बिध्या वारिधि )ले दुई शब्द बोल्दै सबै कलाकारहरुलाई सम्मान गर्नु भएको थियो l

यसै गरि नेजाले सेप्टेम्वर २७ आइतवार न्यूयोर्कमा पनि नेजा नाइटकै नाममा यस्तै सांगीतिक कार्यक्रम गर्ने भएको छ l नेपाल अमेरिका पत्रकार संघ-नेजाले आफ्नो संस्थाको आकस्मिक कोषमा रकम संकलन गर्ने उद्देश्यले नेजा नाइट २०१५ गरेको हो l

IMG_2433कार्यक्रम वर्ल्ड बिजनेश एण्ड म्यानेजमेन्ट कन्सलट्यान्टको समन्वयमा आयोजना गरिएको हो l नेजाले कार्यक्रमको सम्पूर्ण खर्च कटाएर बाँकी रकम नेजाको आकस्मिक कोषमा जम्मा गर्ने र नेपाल तथा अमेरिकामा विभिन्न परिस्थितिका कारण अप्ठ्यारोमा परेका सहकर्मी पत्रकारहरुलाई सहयोग गर्ने भएको छ l

उक्त कार्यक्रममा १२ वर्षभन्दा कम उमेरका लागि नि:शुल्क प्रवेशको व्यवस्था गरिएको थियो l

IMG_2367 IMG_2329 IMG_2485 IMG_2503 IMG_2405 IMG_2478 IMG_2551

प्रतिक्रिया