राष्ट्रिय भूपू सैनिकद्वारा नयाँ संविधानको स्वागत

इनेप्लिज २०७२ असोज २ गते १४:३८ मा प्रकाशित

20150919_122858

रत्ननगर २ असोज
नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन जुटपानी गाउँ कमिटीले नयाँ संविधानको स्वागत गर्दै भोलि आईतबार साझ जुटपानीमा दिपावली गर्ने भएको छ । देश र जनताको पक्षमा जारी हुन लागेको संविधान निर्माण पश्चात देशले निकास पाउने कार्यक्रमका वक्ताहरुले बताएका थिए । कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सदस्य विनोद रेग्मीले जनपक्षीय संविधान जारी हुनु नेपालकै इतिहासको सुनौलो दिन भएको बताउदै सबैले संविधान जारी हुने दिन हर्षाेल्लासका साथ दिपावली गर्न अनुरोध समेत गरेका थिए । नेकपा एमालेको अगुवाईमा जारी हुन लागेको संविधान विश्वको इतिहासमा स्वर्णिम अक्षरले लेखिने समेत बताएका थिए । संगठनको वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनको अवसरमा संगठनका केन्द्रिय वरिष्ठ उपाध्यक्ष पूर्ण बहादुर श्रेष्ठले राष्ट्र सेवकहरु र जनभावना अनुसारको संविधान स्वागत योग्य भएको बताएका थिए । कार्यक्रममा जिल्ला अध्यक्ष हेम बहादुर न्यौपाने, उपाध्यक्ष लालकुमारी थपलिया, नेकपा एमाले क्षेत्रीय सदस्य भोजराम थपलिया, ध्रुव रायमाझी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

20150919_125200 कार्यक्रममा असामयिक निधन भएका भूतपूर्व सेना पदमपाणी भुषालको बुहारी जमुना भुषाललाई रु. १८ हजार ५ सय आर्थिक सहयोग समेत गरिएको थियो । सोही भेलाले होम बहादुर गुरुङ्गको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति समेत चयन गरेको छ । कमिटीको उपाध्यक्षमा चेत बहादुर थापा, सचिव फुलमान लामा, कोषाध्यक्ष पुष्पराज भट्टराई, सहसचिव कल्पना श्रेष्ठ, सहकोषाध्यक्ष धनमाया गुरुङ्ग चयन भएका छन् । त्यस्तै सदस्यहरुमा भक्त बहादुर लामा, धन बहादुर श्रीस, रण बहादुर गुरुङ्ग, झलक शर्मा पौडेल, दल बहादुर पुन चयन भएका छन् । त्यस्तै लेखा समिति संयोजकमा भोजराम थपलिया सदस्यहरुमा दल सिं पुन र बसन्ती थापा चयन भएका छन् भने सल्लाहाकारहरुमा नेत्र बहादुर श्रीस, सुमनसिं घले, डबलसिं अधिकारी चयन भएका छन् ।

20150919_125330

20150919_122908

प्रतिक्रिया