आमालाई पुरस्कृत भए भनि यसरि चक्मा दिई स्याबासी पाउथे : संस्मरण

इनेप्लिज २०७२ असोज २ गते १३:१४ मा प्रकाशित

IMG_0740

बाल्यकालमा कस्तो कस्तो उठ्फटांग आउने रहेछ l सानो उमेर भए पनि खुरापाती दिमाग l तर नकारात्मक चाही भने हैन l के के गरिएन होला समझदा हासो लाग्दछ l उमेर छिप्पिए पछि आफुले गरेका उठ्फटांगको सम्झना निकै आउने रहेछ l

किनभने त्यो आफुलाई स्वर्णिम समय जस्तो लाग्दो रहेछ l म बिद्यालय देखि नै सामान्य बिद्यार्थी l घोक्नु पर्ने ज्यादा l एउटा कुरालाई बारम्बार पढ्नु पर्ने l आफुलाई बाठो हैन कि लाटो बाठोमा दर्जा दिएको छु l अलिक घोईरो प्रकारको स्वभाव भएकोले होला l आमाले घोईरो भनि पनि सम्बोधन गर्नु हुन्थ्यो l जन्म दिने आमाले भने पछि होला भन्ने लाग्दथ्यो l बुवा ज्यादै सोझो l अहिले सम्म एक झापड पनि बुवाको हातबाट पाएको छैन l

आफु सानो देखि नै केहिमा अभिरुचि नलाग्ने भएकोले कतै तिर मन ध्यानले जादैन थियो l र ,कुनै पनि विधामा पनि अब्बल नभएकोले कहिले पनि केहि पुरस्कार नपाउने थिए l अरु साथी भाई ,दाजुभाई तथा अन्यले पुरस्कार जितेको देख्दा मन कटक्क खान्थ्यो l डाहा पनि लाग्दथ्यो l किन डाहा गरेको होला भन्ने अहिले सोच्दा मन मनै हास्छु l

पढाईमा साथीभाईले प्रमाण पत्र पाउथे र मैले किन न पाएको होला भन्ने कल्पना गर्थे l साथी भाईले कलामा पुरस्कार पाउथे l मैले पाएको भए भन्ने परि कल्पना गर्थे l साथीभाई तथा अन्यले खेलकुदमा पदक पाउथे l मैले यस खेलमा जितेको भए भन्ने सोच मन मनै आउथ्यो l

तर अल्छी भएकोले होला त्यस तर्फ होमिन चाहिन l केहि नगरी त केहि प्राप्त हुदैन l त्यो थाहा भए पनि यस्तो भएको भए यसो गर्थे भन्ने कल्पनाले हैरान बनाउथ्यो l सुरु सुरुमा सबैले पदक पाउथे l प्रमाण पत्र पाउथे र घरमा आमा बुवाल बाट स्याबासी पाउथे l

पढाईको अतिरक्त फलानाले यस्तो पायो उस्तो पायो भनि चर्चा हुन्थ्यो l आफु केहि नपाउने l अभिभावकले पनि मन पराउने l आफु लाटो र बेबकुफ जस्तो लाग्थ्यो l भएन बा अब l केहि गर्नु पर्छ भनि मन मनै केहि खुरापाती विचार आयो l

त्यो बेलामा पुरस्कार दिने प्रमाण पत्र भन्दा पनि पदक (कप ) २ देखि ५ रुपैयामा पाहिन्थ्यो l म मनै सोचे जुक्ति लगा भनि मनले भन्यो l आफैले साँचेर राखेको पैसाले कप (पदक )किनेर पटक पटक आमालाई मैले खेलकुदमा जिते ,फलाना प्रतियोगितामा जिते ,प्रथम भए ,दोश्रो भए र तेश्रो भए भनि ढाटे l

आमाले पनि छोरा गज्जब भएछ भनि खुसि भै माया गर्न हुन्थ्यो l अरुलाई भन्नु हुन्थ्यो कि साहिलो छोराले उन्नति गर्छ l पछि ठुलो मान्छे हुन्छ भन्नु हुन्थ्यो l यो क्रम ६ कक्षा देखि १० कक्षा सम्म चल्यो l आफैले किनेर ल्याएको पुरस्कार जितेको भनि आफुलाई जन्म दिने मातालाई चक्मा दिएको सम्झदा ज्यादै हास्न मन लाग्छ l सम्भवत यस्तो चोर बुद्धि कसैको आएको छैन होला भन्ने लागेको छ l

मैले त बालक काल र किशोर अवस्थामा यसरी आमालाई झुक्याए l म बहादुर पनि भईन l मैले केहि उपलब्ध पनि पाईन l केहि क्षणिक समयको लागि केटा केटि बुद्धि भएकोले त्यस्तो बुद्धि आफै कसरि आयो भन्ने अहिले अमेरिकामा यो उमेरमा सोच्दा आस्चर्य लाग्छ l

मैले जे गरे पनि यस्तो कहिले गर्नु हुन्न भन्ने संदेश साथ एउटा पाठ सिक्ने अर्थमा पाठक वर्ग संग हिस्सा गर्न मात्र चाहेको हु l कि यहाँहरुले पनि यस्तो गर्नु भाको छ कि ? मलाई विश्वास छ यहाँले यस्तो कदापी गर्नु भएको छैन होला l कुनै पनि नया पिढीले गर्ने छैन l

र ,यस्तो सिको पनि कसैले नजानुन भन्दै बालक पनको एक प्रकारको मजाक खेल पस्कदै बिदा l

प्रतिक्रिया