दलित आन्दोलनको अगुवा स्व टेकबहादुरको नाममा अक्षयकोष

इनेप्लिज २०७२ असोज २ गते ४:०७ मा प्रकाशित

फलेवास (पर्वत), २ असोज । पर्वतको दलित आन्दोलनका अगुवा स्व टेकबहादुर विश्वकर्माको स्मृतिमा अक्षयकोष स्थापना गरिएको छ ।

स्व विश्वकर्माको १३औं दिनको पूण्य तिथिमा छोराहरुले रु एक लाख ११ हजार १११ को अक्षयकोष स्थापना गरेका हुन् ।

विश्वकर्माले जातीय उत्पीडिनका विरुद्ध र सामाजिक परिर्वतनका लागि पुर्‍याएको योगदानलाई सधैं स्मरण गर्न सहयोग पुग्ने उद्देश्यले अक्षयकोष स्थापना गरिएको परिवारले जनाएको छ ।

दलित आन्दोलनमा लागेका व्यक्तिको सम्मान र दलित विद्यार्थीको गुणस्तरीय शिक्षाका लागि प्रोत्साहन गर्न अक्षयकोषको रकम खर्च गरिने विश्वकर्माका जेठा छोरा तथा नेपाल उत्पीडित जातीय मुक्ति समाजका केन्द्रीय सचिव मनोहर विश्वकर्मा पौडेलले जानकारी दिनुभयो ।

तत्कालका लागि थोरै रकमको अक्षयकोष राखिएको र पछि थप गर्दै जाने उहाँले बताउनुभयो । यसलाई आगामी दिनमा ट्रष्ट बनाउने घोषणा पनि परिवारले गरेको छ ।

प्रतिक्रिया