जिरी (दोलखा), २ असोज । मौसम परिर्वतनसँगै जिल्ला अस्पताल जिरीमा भाइरल ज्वरोका बिरामीको चाप बढेको छ ।
दैनिकजसो १०० जनाभन्दा बढी बिरामी आउने अस्पतालमा एक तिहाइ बिरामी भाइरल ज्वरोबाट सङ्क्रमित रहेको जिल्ला अस्पताल जिरीका डा निसान्त ढकालले बताउनुभयो ।
भाइरल ज्वरोबाट सबैभन्दा बढी बालबालिका र वृद्धवृद्धा प्रभावित भएका छन् । भाइरल ज्वरोको आयु सात दिनको भए पनि कहिलेकाहीँ यसले महामारीको रुप लिन सक्ने हुँदा सर्वसाधारणलाई सचेत रहन र समयमै स्वास्थ्यकर्मीको सल्लाह लिई उपचार गर्न अस्पतालले सुझाव दिएको छ ।
प्रतिक्रिया