नयाँ संबिधानलाई स्वागत गरौं

इनेप्लिज २०७२ असोज १ गते २३:०१ मा प्रकाशित

Untitledनेपालको इतिहासमा २००७ सालदेखि भएको संबिधानसभा मार्फत जन- संबिधान बनाउने एउटा अथक प्रयासले अहिले मूर्त रुप लिएको छ । विभिन्न समयमा जनताद्वारा जन- पक्षधर विभिन्न राजनीतिक दल र समूहहरुको नेतृत्वमा भएका शशस्त्र र शान्तिपूर्ण जन -संघर्षहरुको उपज एवं प्रतिफलको रुपमा विभिन्न प्रतिकूलता र राजनीतिक खिचातानीका बाबजूद अन्तत: निर्वाचित जन-प्रतिनिधि मार्फत तयार पारिएको “नेपालको संबिधान २०७२ “दोस्रो संबिधानसभाबाट अत्याधिक बहुमतबाट पारित भै संबिधानसभा अध्यक्षबाट प्रमाणीकरण समेत भैसकेको छ ।यो संबिधान यहि असोज ३ गते (तदनुसार २० सेप्टेम्बर २०१५)का दिन राष्ट्रपतिबाट विधिवत घोषणा भई लागु हुनेछ । यति उत्तम विधिबाट संसारमा बिरलै संबिधान बनेको पाईन्छ, तसर्थ यो महत्वपूर्ण उपलब्धि हो र यसको दूरगामी महत्व निकै ठुलो छ ।हुनत संबिधान र संघियताको बिषयलाई लिएर बिरोध प्रदर्शनहरु भैरहंदा संबिधान घोषणा हुनु त्यति सान्दर्भिक देखिदैन तर १००% सहमति खोजेर पर्खने हो भने संबिधान कहिल्यै नबन्ने खतरा बढ्दै जाने परिस्थिति सिर्जना हुने मात्र नभई प्राप्त जनताका अधिकार संस्थागत नभैकन गुम्न सक्ने हुनाले अब ढिलो नगरी संबिधान जारी गर्नु श्रेयस्कर मानिएको हो ।

राज्य संचालनको मूल कानुन (संबिधान ) जन निर्वाचित प्रतिनिधिले निर्माण गर्नु भनेको यसको स्वामित्व पूरै जनतामा हुनु नै हो ।तसर्थ योजनताको जित हो र जन – आन्दोलनको बलमा हठात् रुपमा सडकबाट भएको गणतन्त्रको घोषणाको विधिवत निर्णय र अनुमोदन पनि हो,जुन अत्यन्तै प्रक्रियासंगत छ, यसमा कसैले अब प्रश्न उठाउने छैन । तसर्थ अब समृद् नेपालका लागि ढोका खुलेको छ । जहाँसम्म यस क्षणमा अ- आफ्ना अधिकारको माग सहित भईरहेको तराई -मधेश , जनजाती ,धर्म आदि लगायतको नाममा प्रदर्शन सम्बन्धि कुरा छ , असन्तुष्टि छ त्यो आफ्नो ठाउँमा जायज भएर पनि समयको सम्बेदनशिलतालाई बुझ्नु पर्ने देखिन्छ । सबैले राम्रोसंग बुझ्नु पर्दछ कि, पूर्ण रुपमा संबिधान कसैलाई पनि चित्त बुझेको छैन यो अवस्थामा अर्थात् पूर्ण रुपमा कसैका पनि माग पूरा भएका छैनन् । कुनै एउटा पक्षलाई मात्र धेरै राम्रो हुने संबिधान सबैको लागि कदापी राम्रो हुनसक्दैन किनकि हामीमा बिबिधता छ ।

राज्य नयाँ चरणमा प्रवेश गर्न खोज्दा आफ्ना अधिकार स्थापित गर्न गराउन खोज्नु नराम्रो कुरा होइन तर आन्दोलनकारीले राष्ट्रियता र सामाजिक सद्भावमाआंच नआउने गरि अधिकार माग गर्नुपर्दछ भने राज्यले त झन् जिम्मेवार बनेर तिनीहरुको माग सम्बोधन गर्नुपर्दछ ।दमनबाट समस्याको समाधान हुदैन भन्नेबारे बेलैमा सचेत भै राज्यले हर तरहबाट बार्ताको टेबुलमा ल्याउनैपर्छ र समस्याको समाधान गर्नुपर्छ ।

अत: नेपाली जनताले आफ्नो देशको संबिधान आफैं बनाउने सौभाग्य प्राप्त गरेको यस ऐतिहासिक अवसरमा सहिदहरुको त्यागलाई स्मरण र सम्मान गर्दैसम्पूर्ण नेपाली बुवा -आमा, दाजु-भाई , दिदि-बहिनि एवं समस्त नेपाली जनतालाई बधाई ज्ञापन गर्दै यस निम्ति लागि पर्ने नेतृत्व र जनप्रतिनिधिलाई धन्यवाद

दिन चाहन्छौं । नयाँ संबिधानलाई भव्य रुपमा स्वागत गर्दै संबिधान परिवर्तनशील चिज भएकोले समयानुकुल सबैका अधिकार स्थापित गर्दै समाबेशी र पूर्ण संबिधान निर्माणका साथै समृद्द र शान्त एवं अझ सुन्दर नेपालको निर्माण गरौं । साथै नेपालको अग्रगमन र उज्जवल भबिष्यको कामना एवं नेपालको जय होस् भन्न चाहन्छौं ।

धन्यवाद!!!

प्रतिक्रिया