बिहीबार, मंसिर ११ २०७७
काठमाडौं ०६:१४
वासिङटन डिसी 19:29

तेश्रो नेकोन मैत्रीपुर्ण फुटबल(सकर) खेल सम्पन्न किशोर, युवा तथा प्रौढको भिडन्त एउटै मैदानमा .

इनेप्लिज २०७२ असोज १ गते १६:३८ मा प्रकाशित

Soccerकनेक्टिकट र आसपासका राज्यहरुमा छरिएर रहेका प्रवासी नेपालहरु वीच खेलको माध्यम द्घारा आपसी भाईचाराको विकास गर्ने तथा खेलको माध्यम द्घारा स्वस्थ मनोरञ्जन प्रदान गर्ने उद्देश्यका साथ कनेक्टिकट नेपाली समाज(नेकोन) ले गत सेप्टेम्बर १३, तारिख आर्इृतबारका दिन तेश्रो नेकोन मैत्रिपुर्ण फुटबल(सकर) खेल २०१५ सफलताका साथ सम्पन्न ग–यो ।

५ खेलमा १० समुह वीच भएको प्रतिस्पर्धामा नाति देखि हजुरबुबा सम्म ३ पुस्ताको भिडन्त एउटै मैदानमा भएको थियो । उक्त खेलमा उत्कृष्ट गोलकिपर, खेलाडी, खेल समुह, सहभागी समुह तथा स्वयमसेवक लाई शिल्ड, मेडल तथा प्रमाण पत्र संस्थाका अध्यक्ष श्री शंकर प्रसाद ढकाल,प्रमुख सल्लाहकार केदार खतिवडा,पुर्व खेलाडी बुबाहरु होम बहादुर कुवँर, उदय अर्याल,दिलिप के.सी. तथा अन्य आमन्त्रित बाट वितरण गरिएको थियो । उक्त खेलमा कनेक्टिकट राज्यभित्रका स्टोर्स,ब्रान्डफोर्ड, विन्जर, वेष्टहार्डफोर्ड, वेदरर्सफिल्ड, म्यान्चेस्टर तथा राज्य बाहिरका भर्जेनिया, नरविच, विलिङ्गटन, ईष्ट हेभन लगायतका क्षेत्रका प्रवासी नेपाली खेलाडीहरुको सहभागिता रहेको थियो ।

खासगरी किशोर,युवा र प्रौढ गरी ३ उमेर समुहमा रहेका १० खेल समुह वीच ५ खेलमा प्रतिस्पर्धा भएको थियो । पहिलो खेल जुनियर्स स्टोर्स र जुनियर्स वेष्टहार्डफोर्ड वीच भएको थियो उक्त खेलमा जुनियर्स वेष्टहार्डफोर्डले जुनियर्स स्टोर्सलाई ३ का विरुद्घ ७ गोल गरी भारी गोल अन्तरका साथ विजयको खाता खोल्न सफल भयो । युथ ब्रान्डफोर्ड र युथ स्टोर्स वीच भएको दोश्रो प्रतिस्पर्धात्मक खेलमा युथ ब्रान्डफोर्डले युथ स्टोर्स लाई १ का विरुद्घ ३ गोल गर्न सफल भयो । युवाहरु वीचै भएको तेश्रो खेलमा युथ वेष्टहार्डफोर्ड ए ले युथ वेष्टहार्डफोर्ड बि लाई १ का विरुद्घ ४ गोल गर्यो । टिन्स वेष्टहार्डफोर्ड ए र टिन्स वेष्टहार्डफोर्ड बि वचि भएको खेलमा टिन्स वेष्टहार्डफोर्ड बि ले टिन्स वेष्टहार्डफोर्ड ए लाई ३ का विरुद्घ ४ गोल ग–यो ।

प्रौढ वेष्टहार्डफोर्ड ए र प्रौढ वेष्टहार्डफोर्ड बि वीच भएको अन्तिम खेल ज्यादै रोमान्चक र प्रतिस्पर्धात्मक रह्यो । पेनाल्टिका आधारमा प्रौढ वेष्टहार्डफोर्ड बि का सुदिप अधिकारीले हानेको १ मात्र गोल निर्णायक गोल भई प्रौढ वेष्टहार्डफोर्ड बि ले बिजय हासिल गर्यो । प्रौढहरुको खेल सस्ंथाका अध्यक्ष शंकर प्रसाद ढकाल, प्रमुख सल्लाहकार केदार खतिवडा तथा गैरआवासिय नेपाली संघ, कनेक्टिकटका सभापती राम ओझा समेतले खेल्नु भएकाले महत्वका साथ हेरिएको थियो ।

उक्त खेलको उत्कृट गोलकिपर जुनियर तर्फ गौरव न्यौपाने, युथ तर्फ अनुपम ओझा र प्रौढ तर्फ रमेश चन्द घोषणा भए भने उत्कृष्ट खेलाडीका रुपमा रोनेश निरौला, शमिर सिलवाल, शुवेस अधिकारी, शमी योञ्जन तथा तेजेश विक्रम मल्ल रहे ।

खेलको समापन गर्दै संस्थाका अध्यक्ष श्री शंकर प्रसाद ढकालले खेलमा सहयोग गर्ने सम्पुर्णलाई कार्यसमिती र सस्ंथाको तर्फबाट धन्यवाद दिदै तीन पुस्तावीच एउटै मैदानमा भएको खेल ऐतिहासिक भएको बताउनु भयोे । गत वर्ष समेत दोश्रो नेकोन मैत्रिपुर्ण फुटबल(सकर) खेल संयोजन गरिसक्नु भएका अनुभवी संयोजक रिन्कु श्रेष्ठले विगतका अनुभवका आधारमा क्याप्टेन छनौट गरी परीक्षण गरेर खेलाडी छानिएको, उमेर समुहका आधारमा समुह विभाजन गरिएको बताउदै उहाँले यस पटक स्टेटको नियमानुसार टाउन सँग समन्वय गरी संचालन गरिएको र खेलाडीहरुको समेत वीमा गरिएको जानकारी दिनु भयो ।

Soccer1
उक्त खेलको बारेमा प्रतिक्रिया दिदै सस्ंथाका पुर्व सल्लाहकार कृष्ण अधिकारीले खेलमा ठुलो सहभागिता पाईएको,सबै उत्साहित देखिएको र खेल प्रवासी नेपालीको एकता प्रतिक भएको उल्लेख गदै व्यवश्थापकीय पक्ष राम्रो भएको र राम्रो कार्यको प्रशंसा गर्नजान्नुपर्ने बताउनु भयो । खेलाडीको तर्फबाट प्रतिक्रिया दिदै गणेश गौलीले खेल व्यवसायिक भन्दा पनि मैत्रिपुर्ण र अनुशासित ढंगले संचालन भएको र आफुले खेल्न पाँउदा खुशी लागेको प्रतिक्रिया दिनुभयो । दर्शकको तर्फबाट प्रतिक्रिया दिदै नेपालको बुटवल देखि आउनु भएका उदयानन्द अर्यालले खेल एकदमै सुन्दर र प्रतिस्पर्धात्मक लागेको र प्रवासमा रहेरपनि खेलको आयोजना गरेकोमा आफुलाई हर्ष लागेको बताउदै अझै व्यवस्थीत र पुर्वतयारी गर्न सुझाव दिनुभयो l

प्रतिक्रिया