बिहीबार, मंसिर १८ २०७७
काठमाडौं ०४:२५
वासिङटन डिसी 17:40

संविधानसभाबाट संविधान: ऐतिहासिक उपलब्धि

इनेप्लिज २०७२ असोज १ गते १४:०९ मा प्रकाशित

;ef;bx? ;]NkmL tl:a/ lvRb} . tl:a/ M /Tg >]i7, /f;; .काठमाडौँ, १ असोज । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले संविधानसभाबाट संविधान निर्माण हुनु नेपालको राजनीतिमा ऐतिहासिक उपलब्धि भएको बताउनुभएको छ ।

संविधानसभाबाट पारित संविधानमा आज हस्ताक्षर गरेपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उहाँले यो उपलब्धि नेपाली जनताको लामो समयदेखिको प्रतीक्षापछि प्राप्त भएको हो भन्नुभयो ।

संविधानमा हस्ताक्षरसमेत भइसकेको अवस्थामा अब राष्ट्रपतिबाट औपचारिक रुपमा जारी गर्ने काम बाँकी रहेको बताउँदै उपसभापति पौडेलले यो संविधानले नेपालका सबै वर्ग र समुदायलाई समेटेको बताउनुभयो ।

“संविधान निर्माणको अन्तिम चरणसम्म आइपुग्दा केही मधेसका साथी बाहिर रहेकामा मलाई दुःख लागेको छ”, उहाँले भन्नुभयो, “संविधानले मधेसी, जनजाति, दलित, महिला, सीमान्तकृतलगायतका सम्पूर्ण वर्गलाई अधिकतम समेट्न प्रयास गरेको छ, असन्तुष्टिलाई वार्ता र संवादका माध्यमबाट पूरा गर्न सकिन्छ ।”

सबै वर्ग र समुदायले अधिकार प्राप्त गरेको यो संविधान दक्षिणपूर्वी एसियाकै उत्कृष्ट संविधान भएको धारणा व्यक्त गर्दै उहाँले संविधानलाई कार्यान्वयनका लागि सबैको एकताबद्ध प्रयास आवश्यक हुने बताउनुभयो ।

प्रतिक्रिया