लस एन्जल्समा नेपाली महिलाहरुद्वरा उमा महेश्वरको पूजा

इनेप्लिज २०७२ असोज १ गते १३:०४ मा प्रकाशित

p5

लस एन्जल्स, १७ सेप्टेम्बर / पशुपति फ़ाउण्डेशन यू एस ए र नेपाल अमेरिका एकता समाजको संयुक्त आयोजना तथा एकता समाजको व्यवस्थापनमा “नेपाली महिलाहरूको महान् पर्व हरितालिका तिज” २०१५ को अवसरमा उमा महेश्वरको पूजा कार्यक्रम सम्पन्न भयो । दितीयाको दिन दर खाने, त्रियोदशी दिन दिनभर ब्रत बस्ने र साँझमा पूजा गर्ने प्रचलन छ । हिजो त्रियोदशीको साँझ ६ बजेबाट सुरु भई रातको ९ बजे सम्म चलेको पूजामा लस एन्जल्स वरपर बस्ने दुई सय भन्दा बढी महिलाहरूको सहभागिता रहेको थियो । भोलि १८ सेप्टेम्बर ऋषि पंचमीको दिन सप्त ऋषिको पूजा गरेपश्चात हरितालिका तिजको कार्यक्रम सम्पन्न हुन्छ

p2

प्रतिक्रिया