एनआरएनए कोषाध्यक्ष पदमा अमेरिकाबाट राजेन्द्र शिवाकोटीको उम्मेदवारी

इनेप्लिज २०७२ असोज १ गते १२:४७ मा प्रकाशित

Rajendra Siwakotiकाठमान्डौ, १ असोज / आगामी असोज २७ देखि ३० (अक्टोबर १४ देखि १७) सम्म काठमान्डौमा हुन् गैरहेको गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषदको अन्तरास्ट्रिय महाधिवेशन नजिकिने क्रम सँगै विभिन्न पदमा उम्मेद्वारी क्रम बढ्दो छ । एनआरएन अमेरिकाको कोषाध्यक्ष भैसकेका शिवाकोटी वर्तमान आइसीसीको कार्यसमितिमा सदस्य रहेका राजेन्द्र शिवाकोटीले कोषाध्यक्ष पदका लागि आफ्नो उम्मेद्वारी घोषणा गर्नु भएको छ ।

नेपालमा रहँदा बैंकिंग छेत्रमा लामो समय काम गरेका शिवाकोटीले अमेरिकाबाट फाइनान्समा एमविए र एकाउण्टिङमा मास्टर गरेका छन् । विगत १५ वर्षदेखि अमेरिकामा बसेका शिवाकोटीले लस एन्जल्स क्यालिफोर्नियामा लामो समयदेखि लेखा परीक्षण तथा विभिन्न व्यापार व्यवसाय गरिरहेका छन् । शिवाकोटी निर्वाचित भएमा एनआरएनको इतिहासमा पहिलो सिए कोषाध्यक्ष हुनेछन् ।

‘आफूमा भएको अनुभव, दक्षता तथा योग्यतालाई एनआरएन अभियानमा अझ सशक्तढंगले प्रयोग गर्न मैले कोषाध्यक्षमा उम्मेदवारी दिएको हुँ’ आफ्नो उम्मेदवारीबारे शिवाकोटी प्रष्ट्याउँदै भन्छन् ‘सङ्घको कोष पारदर्शी, वैज्ञानिक र प्रभावकारीढंगले चलाउने ज्ञान, सीप र योग्यता सहित अगाडि सरेको छु ।’ उनले एनआरएनको कोष चलाउन सदस्यहरूको सदस्यता शुल्कबाट मात्र भन्दा पनि दीर्घकालीन स्रोतको व्यवस्था गर्ने प्रतिबद्धता जनाएका छन् ।

एनआरएनएको आगामी नेतृत्वका लागि विश्वभरबाट दक्ष र अनुभवीहरुको आकाङ्क्षा बढ्नुलाई संस्थाको दीर्घकालीन हितको लागि उचित रहेको बताईन्छ । शिवाकोटीको दक्षता र अनुभवले एनआरएनएको संस्थागत विकाशको लागि थप टेवा मिल्ने यस क्षेत्रका अगुवाहरुको भनाई छ ।

प्रतिक्रिया