बुधबार, मंसिर १७ २०७७
काठमाडौं १७:४२
वासिङटन डिसी 06:57

नेजा नाइटमा रामकृष्ण ढकालको विशेष प्रस्तुती रहने

इनेप्लिज २०७२ भदौ ३१ गते १५:४६ मा प्रकाशित

VA Flyer

भर्जिनिया,अमेरिका,सेप्टेम्वर १७ | यही शनिवार यहाँ हुन लागेको सांगीतिक कार्यक्रममा लोकप्रिय आधुनिक गायक रामकृष्ण ढकालको विशेष प्रस्तुती रहने भएको छ | नेपाल अमेरिका पत्रकार संघ- नेजाले भर्जिनियाको फेयर फ्याक्सस्थित लेनियर मिडल स्कूल 3801 Jermantown Rd, Fairfax, VA 22030 को हलमा नेजा नाइट २०१५ को नाममा सांस्कृतिक कार्यक्रम गर्दैछ | कार्यक्रम शनिवार साँझ ७:०० बजेदेखि राती १०:३० बजेसम्म हुनेछ |
कार्यक्रममा हाँस्य कलाकार जितु नेपाल,लोक दोहोरी गायक/गायिका बद्री पगेनी,शिला आले, निर्मला खड्का (निरु), मनोज ढकाल र कृष्ण ढकाल सहितका कलाकारहरुले आ आफ्नो गीत,नृत्य र हाँस्य व्यंग्य प्रस्तुतीमार्फत दर्शकहरुलाई मनोरन्जन प्रदान गर्नु हुनेछ |
कार्यक्रममा सहभागी भएर कार्यक्रम सफल बनाई दिन र कलाकारहरुको सम्मान गरिदिन नेजाले समुदायका सबैलाई आग्रह गरेको छ | नेजाले कार्यक्रमको टिकटका लागि यो समाचारसंगै रहेको फ्लायरमा रहेका सम्पर्क सूचीमा रहेका व्यक्तिहरुसंग सम्पर्क गर्न आग्रह गरेको छ |
नेजाले सेप्टेम्वर २७ आइतवार न्यूयोर्कमा पनि नेजा नाइटकै नाममा यस्तै सांगीतिक कार्यक्रम गर्दैछ | न्यूयोर्कमा हुने कार्यक्रममा हाँस्य कलाकार जितु नेपाल,लोक दोहोरी गायक/गायिका बद्री पगेनी र शिला आलेसहित निर्मला खड्का (निरु), मनोज ढकाल र कृष्ण ढकाल सहितका कलाकारहरुले आ आफ्नो गीत,नृत्य र हाँस्य व्यंग्य प्रस्तुतीमार्फत दर्शकहरुलाई मनोरन्जन प्रदान गर्नु हुनेछ |

प्रतिक्रिया