बिहीबार, मंसिर १८ २०७७
काठमाडौं ०६:२७
वासिङटन डिसी 19:42

बालिका करणी गर्नेविरुद्ध मुद्दा दर्ता

इनेप्लिज २०७२ भदौ ३१ गते १४:०९ मा प्रकाशित

Gang-Rapeगोरखाबजार, ३१ भदौ । पन्ध्र वर्षीय एक बालिकालाई करणी गरेको आरोपमा पक्राउ परेको एक युवकविरुद्ध प्रहरीले आज करणी मुद्दा दर्ता गरेको छ ।

जिल्ला प्रहरी कार्यालय गोरखाले तान्द्राङ गाविस–६ का २५ वर्षीय मञ्जित भट्टलाई पक्राउ गरेको थियो । यही भदौ २८ गते बालिकालाई करणी गरेको उजुरीका आधारमा प्रहरीले भट्टलाई २९ गते पक्राउ गरेको थियो ।

भट्टविरुद्ध आज जिल्ला अदालतमा जवर्जस्ती करणी मुद्दा दर्ता गरी कारबाही सुरु गरिएको प्रहरी नायब उपरीक्षक वसन्त रजौरेले जानकारी दिनुभयो ।

प्रतिक्रिया