शनिबार, मंसिर २० २०७७
काठमाडौं ०१:४९
वासिङटन डिसी 15:04

प्रस्तावित पीपलडाँडा विमानस्थल निर्माणसंबन्धी अन्तक्रिया कार्यक्रम

इनेप्लिज २०७२ भदौ ३१ गते १:०४ मा प्रकाशित

गत हप्ता खोटाङ्ग जिल्ला डाँडागाउँ गा.वि.स. पीपलडाँडामा निर्माण हुने प्रस्तावित विमानस्थलको बारेमा पिपलडाँडा एयरपोर्ट व्यवस्थापन समितिद्धारा मीन भवन क्याम्पसमा एक वृहत छलफल तथा सुझाव संकलन कार्यक्रम समितिका अध्यक्ष वागधन राईको अध्यक्षतामा आयोजना गरियो ।

उक्त कार्यक्रममा विशेष गरी एयरपोर्टको आवश्यकता र निर्माण बारेमा गत वर्ष मङ्गसीर ११, २०७१ सालमा गरिएको संभाव्यता अध्ययनको रिपोर्ट ईन्जिनियर मिलन कुमार राईले दिनु भएको थियो । उक्त रिपोर्टमा ईन्जिनियर राईले खोटाङ्ग जिल्लामा विगतमा बनेका ३ वटा एयरपोर्टको तुलनामा यो एयरपोर्ट धेरै नै कम लागतमा बन्न सक्ने दावी गर्नुभयो ।

IMG_0234जसको मुख्य कारणहरुमाः

१) सरकारी मापदण्ड अनुसार न्युनतम लम्बाई ५८० मीटर हुनुपर्नेमा ३२५ मीटर (करीब आधाभन्दा बढी ) मात्रै समतल जमीन र बाँकी २५५ मीटर मात्र कटिङ्ग र फिलिङ्ग गर्नुपर्ने
२) कच्ची मोटरबाटो पुगिसकेको अवस्थाले गर्दा डोजर, एस्काभेटर जस्ता निर्माणको लागि अत्यावश्यक पर्ने साधनहरु सजिलै जान सक्ने भएकोले हजारौं मानिसले गर्ने काम एउटै उपकरणले गर्ने भएकोले लागत कम हुने ।
३) आज भोली धेरै युवा जनशक्ति आफ्नो गाउँ ठाउँ र देशभन्दा वैदेशिक रोजगारको सिलसिलामा विदेशिने भएकाले मानवीय साधनबाट काम गराउन पनि असंभव हुने उपकरणहरु सजिलै जान सक्ने ।
४) वरिपरि अग्ला पहाड नभएकोले ल्यान्डिङ्ग र टेक अफ गर्न चालकलाई सजिलो ।
५) कछाड क्षेत्र भएकोले हावाको चाप कम
६) सजिलैसँग अवतरण गर्न सक्ने
७) स्थानीयस्तरमा रोजगारीको अवसर सृजना हुन सक्ने ।
८) वसाई सरेर जाने अहिलेको प्रवृत्तिमा कमी आउने ।
९) अपर्झट विरामी पर्दा कम खर्चमै काठमाडौ वा देशका अन्य शहरहरुमा उपचारका लागि सजिलै लैजान सकिने
१०) छिटो र छरितो तरिकाले राजधानी जान सकिने ।
११) आवतजावतको लागि सरल र सुलभ हुने ।
१२) पर्यटकको आगमनले ग्रामिण पर्यटन प्रवद्र्धन हुने साथै आन्तरिक पर्यटनमा समेत टेवा पुग्ने ।
१३) यातायातको असुविधा हुदाँ विदेशी विशेषज्ञहरु आउन असंभव भईरहेको अवस्थामा सरल र सहज ढंगबाट विदेशी विशेषज्ञलाई ल्याउन सकिने ।
१४) सस्तो र सुलभ मुल्यमा बैठक, सेमिनार, गोष्ठी जस्ता कार्यक्रम संचालन गर्न सकिने
१५) सौर्य शक्ति र हावाबाट चल्ने विजुलीको विकास गरी वैकल्पिक उर्जा प्रवद्र्धनमा टेवा पुग्ने ।
१६) परम्परागत निर्वाहामुखि कृषि प्रणालीबाट व्यवसायिक खेती तर्फ आकर्षण बढन गई जीवनस्तर उकास्न सकिने ।
१७) आज भन्दा करीव २० वर्ष अगाडी देशमा ३ वटा मात्र एयरलाईन्स रहेकोमा हाल २५ वटा भन्दा बढी एयरलाईन्सका साथै करीव त्यति नै संख्यामा हेलिकप्टरहरुले उडान गर्ने भएतापनि आवश्यक परेको वेलामा यात्रुले तोकिएको मुल्य भन्दा बढी तिरेर भए पनि हवाईजहाज यात्राको सुविधा उपभोग गरिरहेका छन । यसले यात्रुहरुको आर्थिक क्षमता, जीवनस्तरमा सकरात्मक रुपले वृद्धि भएको देखाउँछ । जसले गर्दा थप विमानस्थल संचालनमा कठीनाई पर्ने देखिदैन ।
१८) यो विमानस्थल निर्माण भएमा साप्सु पारी क्षेत्र नं २ मा पनि दुई वटा विामनस्थल हुनेछ । किनकि यसअघि क्षेत्र नं १ मा खानीडाँडा ,क्षेत्र नं  २ थामखर्क विमानस्थल नियमित रुपमा चालु अवस्थामा छन र प्रस्तावित यो पीपलडाँडा एयरपोर्ट हालका दुवै एयरपोर्टको वीच भागमा पर्ने पर्दछ र यहाँबाट दुवै एयरपोर्टको दुरी ६ देखि ८ घण्टाको रहेको छ । यो विमानस्थल निर्माण भएमा यस वरपरका करीब ८ गा.वि.स. याम्खा, टेम्मा, डाडाँगाउँ, छितापोखरी, सप्तेश्वर, छोरम्बु, बतासे र राजापानीका केही भागका यात्रु करीब १, २ घण्टामा नै यो एयरपोर्ट पुग्न सक्छन ।
१९) जनसंख्याको हिसावले करीब ५०,००० मतदाता रहेको क्षेत्र नं १ मा दुईवटा एयरपोर्ट (खानीडाँडा र लामीडाडा)ँ रहेका छन । यसैगरी क्षेत्र नं २ मा पनि करीब ५० हजार मतदाता रहेकोमा एउटा मात्र एयरपोर्ट (थामखर्क) हुनु भनेको निश्चय पनि दोश्रो एयरपोर्टको आवश्यकता हो ।
२०) कच्ची मोटर बाटो खन्ने काम जताततै भएतापनि खोलाहरुमा पुलको निर्माण नहुदा बस सुविधाहरु संचालन हुन सकेका छैनन । एउटा पक्की पुल निर्माण गर्दा जति लागत पर्छ करीब त्यति नै लागतमा एउटा एयरपोर्ट निर्माण हुन्छ ।
२१) यस ठाउँलाई गुल्जार बनाउन यहाँ स्थित ७ उच्च मा.वि. , प्राथमिक विद्यालय , संभावित कलेज, छितापोखरीस्थित प्रहरी चौकी ,हेल्थ पोष्ट, हुलाक कार्यालय, प्रस्तावित १५ शैयाको अस्पतालको निर्माण तथा स्तरोन्नती गर्न साथै नमुना गा.वि.स. (धुवाँ रहित चुल्हो, खोप रहित, पुर्ण साक्षर,गोठे मल आदि)को अवधारणालाई साकार पार्न समेत यस विमानस्थलको निर्माणबाट ठुलो टेवा पुग्ने देखिन्छ ।
माथी उल्लेखित वुदाँहरुका आधारमा प्रस्तावित एयरपोर्ट निर्माणको सम्भावनालाई दृष्टिगत गर्दै ईन्जिनियर राईले छलफलमा उपस्थित सम्पुर्ण सरोकारवालाहरुलाई उक्त एयरपोर्ट निर्माणको लागि साथ र सहयोग दिन अपिल गर्नु भयो ।

सो दिनको छलफल कार्यक्रममा खोटाङ्ग जिल्ला क्षेत्र नं.२ का संविधान सभाका माननीय सभासद विशाल भट्टराई, क्षेत्र नं.१ क सरस्वती वजिमय, खोटाङ्ग सेवा समाजका पुर्व अध्यक्ष वागधन राई र हालका अध्यक्ष राकेश राई लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रम नवराज रोकाले संचालन गर्नुभएको थियो । साथै वक्ताहरुमा छविलाल रेग्मी, वम बहादुर खत्री गोपीकृष्ण खडका, हरि पोखरेल र देवी रेग्मीले पनि सहयोग गर्ने वचनका साथ मन्तव्य दिनु भएको थियो ।

IMG_0241अन्तमा वागधन राईको अध्यक्षतामा २१ सदस्यीय पीपलडाँडा एयरपोर्ट काठमाण्डौ सम्पर्क समिति गठन भयो ।

अध्यक्ष -वागधन राई
उपाध्यक्ष -सनत बस्नेत
सहसचिव -विशाल रोका
कोषाध्यक्ष- राज कुमार कटुवाल
सहकोषाध्यक्ष -भगवती रोका
सचिव -नवराज रोका

सदस्यहरु

रवि कुमार राई (डि.ई),ईन्जिनियर , सल्लाहाकार
मैना राई, ईन्जिनियर, सल्लाहाकार
मीना रोका(कानुनी सल्लाहाकार)
लक्ष्मी खडका(कानुनी सल्लाहाकार)
जगत राई (पुर्व प्र.अ. महेन्द्रोेदय मा.वि.)
हरि पोखरेल
बम बहादुर खत्री
चक्र रोका
उमेश रोका
लक्ष्मण बस्नेत
शिव कुमार राई
प्रकाश खड्का
ऋषिकेश राई
लक्ष्मी वि.क.

यो सम्पर्क समितिले पर्यटन तथा नागरिक उड्डयन मंत्रालयसँग प्रस्तावित पीपलडाँडा एयरपोर्ट निर्माणकोे लागि विस्तृत प्राविधिक अध्ययन सहित अनुरोध गर्ने निर्णय भयो ।

प्रतिक्रिया