नेपाल आमाको सेवा निरन्तरता गर्ने छु : नेपाली मुलकी दोश्रो पुस्ताकि देविना थापा

इनेप्लिज २०७२ भदौ ३१ गते ०:५० मा प्रकाशित

IMG_2688

अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियाको स्टरलिङ्गमा बसोबास गर्ने के खाउँ र कस्तो लाउँ भन्ने दोश्रो पुस्ताकि देविना थापाले नेपाल आमा दुख्दा मलाई मुटु चसक्क खान्छ भनीन l

केवल १६ बर्ष मात्र टेकेकी देविनालाई समाज सेवामा लत लागेको छ l सामाजिक सेवामा उनलाई कसैले सिकाएको हैन l स्वत स्फ़ुर्त रुपमा यस्तो भावना आएको बताईन l नेपालको सेवा गर्न तिब्र ईक्षा रहेकोले आफु नेपाल गइ रहने बताईन l

अमेरिकामा गर्मीको बिदामा नेपाल गै सेवा गर्ने रुचाउने देविना नेपाल निकै सुन्दर देश रहेछ भनिन lअमेरिकामा जन्मेकी उनि दोश्रो पुस्ताकी नेपाली मुलकी हुन् l अमेरिकामा जन्मेको भएता पनि नेपाली भाषा पनि राम्रो संग बोल्न सक्ने उनि आफु नेपाली र नेपालको भएकोमा गर्व लाग्दछ भनिन l

अमेरिको डिसी महानगर क्षेत्र बाट संचालित ईनेपलिज़ डटकम संग कुराकानी गर्दै देविनाले भनिन गत बर्ष र यो बर्ष भूकम्पमा आफुले नेपाल आमाको सेवा गर्ने अवसर पाएकोले म अति गौरान्वित भएकी छु भनिन l

IMG_2687यो उमेरमा मैले मात्री भूमिको सेवा गर्ने जुन मौका पाए त्यो अर्थमा म सौभाग्यशालि छु भनिन l नेपालको सेवा गर्न अवसर पाए र यसलाई निरन्तरता दिने छु भनि जानकारी गराईन l गत बर्ष गर्मीको मौसममा उनि नेपाल पुगी माईति नेपालमा २ हप्ताको स्वयम् सेवक रुपमा काम गरेको अनुभव बोकेको बताईन l

उनले बिद्यार्थीलाई पढाउने काम गरेको भन्दै आफु त्यो कामले अत्यन्तै उत्साहित भएको जनाईन l अमेरिका बाट नेपाल गएर स्वयम् सेवक रुपमा काम गर्न पाएकोमा मेरो लागि एक सामाजिक सेवाको मार्ग खुलेको बताईन l त्यसले ठुलो शिक्षा प्राप्त गरे भन्दै म भबिष्यमा चिकित्सक बन्ने सपना छ l चिकित्सक बने पछि नेपालमा सेवा गर्ने ईक्षा रहेको बताईन l

नेपालमा आएको विनासकारी महा भूकम्पले धनजन को क्षति भए पछि आफैले स्वत स्फुर्त रुपमा बिधुतिय प्रणाली (अन लाईन ) बाट पैसा पनि संकलन गरेको जानकारी दिईन l संकलित पैसा नेपालमा गएर शिक्षण अस्पताल महाराज गंजलाई १ लाख २० हजार हस्तान्तरण गरेको बताईन l

IMG_2682 (1)देविना आफ्नो उमेर स्विट सिक्सटिन (मधुर सोह्र ) को अवसरमा उनलाई दिईने पुरस्कारलाई उनले म नेपालका भूकम्प पिडितलाई सहयोग गर्न चाहना राखे पछि उपहार स्वरुप उनले प्राप्त गरेको ५० हजार नेपाली रुपैया माईति नेपाललाई दिएको बताईन l उसका अतिरिक्त पाठशालाका अन्य सामग्री किनेर पनि दिएको बताइन l यसै गरि भूकम्पको समयमा किर्तिपुर र पाँगामा पनि सहयोग गरेको बताईन l

को बाट उत्प्रेरित भएको भन्ने जिज्ञासामा सेवा गर्ने आफै भावना जागेको बताउदै म नेपालको लागी केहि गर्न चाहन्छु भनिन l भूकम्प पहिला र अहिले काम गर्दा कस्तो अनुभव छ भन्ने सवालमा उनले भनिन भूकम्प पछि काम गर्दा अझ आफुलाई साचो सेवा गरेको जस्तो अनुभव भएको बताईन l

माईति नेपालमा आफु उमेरका केटाकेटीलाई पनि पढाएको अनुभव सुनाईन l उनि डिसी महानगर क्षेत्र कै भर्जिनियाको पोटोम्याक फल्स हाइ स्कुलमा ११ कक्षामा अध्यनरत को साथै अमेरिकाको प्रतिष्ठित एकाडेमी अफ साईन्समा अध्ययनरत छिन् l अत्यधिक प्रतिस्प्रद्धामा उनको बिद्यालयबाट अन्य दुई वटा केटाहरु तथा उनि मात्र छनौट हुन् सफल भएको जानकारी उनका पिता देवेन्द्र थापाले दिए l

उक्त बिज्ञान प्रतिष्ठानमा नेपाली अमेरिकन बिद्यार्थीमा देविना मात्र छनौटमा परेकी हुन् l समाज सेवा बाट आत्मा नै खुसि हुदो रहेछ भन्दै म नेपालको लागि सेवा गर्ने कुरामा प्रतिबद्ध भएको बताईन l

IMG_2685 IMG_2683

प्रतिक्रिया