भद्रपुर, ३० भदौ । दश किलो सुनसहित पक्राउ परेका सोनाम गुरुङलाई जिल्ला प्रहरी कार्यालयले आज सार्वजनिक गरेको छ । भद्रपुर विमानस्थलबाट काठमाडौं जान लागेका २२ वर्षीय गुरुङलाई प्रहरीले हिजो पक्राउ गरेको थियो ।
वर्तमान बजार मूल्य रु चार करोड ३० लाख ८१ हजार २७५ रहेको सुनसहित पक्राउ परेका गुरुङलाई राजस्व अनुसन्धान कार्यालय इटहरी पठाइएको प्रहरी उपरीक्षक ठाकुरप्रसाद ज्ञवालीले जानकारी दिनुभयो ।
भरियाको रुपमा काम गरेका गुरुङले सुनको विषयमा केही स्पष्ट गर्न नचाहे पनि सुन कसरी, कहाँबाट र कसको हो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया