बुधबार, मंसिर १० २०७७
काठमाडौं ११:३२
वासिङटन डिसी 00:47

झडपपछि १४ कैदीबन्दी सारियो

इनेप्लिज २०७२ भदौ ३० गते २:३८ मा प्रकाशित

jail-650x250पाँचथर, ३० भदौ । जिल्ला कारागारबाट १४ जना कैदीबन्दीलाई स्थानान्तरण गरिएको छ ।

कैदीबन्दीबीच नै आपसमा विवाद हुँदा झडपको स्थिति निम्तिएपछि कैदी र बन्दी गरी १४ जनालाई मङ्गलबार स्थानान्तरण गरिएको हो । तीमध्ये इलाम कारागारमा तीन र क्षेत्रीय कारागार झुम्का सुनसरीमा ११ जनालाई स्थानान्तरण गरिएको प्रहरी नायब उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिनुभयो ।

सोमबार कारागारमा क्यान्टिनमा खाना र खाजाको शुल्क महँगो भएको विषयमा विवाद हुँदा झडप भएको थियो । सो क्रममा कारागारका चौकीदार टेकनाथ रिजाल, प्रेमजङ्ग केरुङलगायत घाइते भएका थिए ।

प्रतिक्रिया