रातो भालेको लोभमा भुस्कुल बिद्यार्थीलाई चिट चोराईयो (संस्मरण)

इनेप्लिज २०७२ भदौ २९ गते २३:१९ मा प्रकाशित

IMG_6326

मुखै रसाउने त्यसमा पनि स्थानीय रातो रंगको कुखुराको भालेको मासु l सम्झदा मुखै भरि पानी आउछ l विदेशिएको धेरै बर्ष भयो l रातो भालेको सम्झनाले सारै सताउछ l अमेरिकामा बसाई छ ,तर मन भने मुलक तिर पुग्छ l जीवनको चार दशक पहाड ,तराई र लेक र बेसी चारियो l उतैको सम्झनाले मस्तिस्कमा घोची रहन्छ l बाल अवस्थामा गरेका कुराले जो कसैलाई पनि अमिट छाप परेको हुन्छ l मलाई पनि पर्नु स्वाभाविक हुन्छ l

अलिक अगाडिको कुरा हो l आफु १० कक्षाको परीक्षा दिएर आफ्ना बाजे बराजुले पौरख गरि सन्तानहरुको लागि जुटाई दिएका मधेसको खेति हेर्न मन लाग्यो l नेपालको पुर्वको सुन्दर शहर धरानबाट सुदुर पश्चिम कैलालीको टिकापुरको छेउछाउ गाउमा भारत हुदै पुन आफ्नो गाउँ पुगे l

त्यसबेला पुर्वबाट पश्चिम पुग्न भारत भै जानु पर्ने थियो l यातायातको सुबिधा थिएन l म पनि काकासंग पछाडी झोला भिरेर गन्तब्य तिर हिडेको ३ दिनमा पुगे l मेरो हजुर बुवाको पनि बुवाले ,जब अंग्रेजले नया मुलुक (बाके ,बर्दिया ,कैलाली तथा कंचनपुर ) नेपाललाई दिए पछि त्यो समयमा जिजु बुवाले केहि मौजा (केहि गाउँहरु) पाउनु भएको प्रसस्त खेति बारी रहेछ l

त्यो समय एउटा जुग नै बितेको मान्नु पर्छ आफु अहिले पाँच र सुन्ना(अर्थात् पचास )कटिएछ l झन्डै झन्डै आफु अमेरिकाका राष्ट्रपति बराक ओबामाको उमेर जति नै भएछु l जुन समयमा म खेति गए त्यस समयमा कमैया प्रथा थियो l थारुहरुका छोरा छोरिहरुलाई सरकारी बिद्यालयमा पढ्थे l एउटा थारुको छोरा पढनमा मन गर्ने तर मस्तिस्क तेज नभएको थियो l सरकारी बिद्यालयमा नक्कल गरेर या अरुको सारेर उत्रीण हुने गरेको रहेछ l

आफु धरानबाट त्यहाँ पुगेको मात्र थिए l उसलाई देउता आएको जस्तो लागेछ l मलाई (चिट )चोराई अर्थात् नक्कलमा सहयोग गराए उ जाचमा उत्रीण भए ठुलो रातो भाले खुवाउछु भन्यो l एक छिन् मैले मानिन l आफैले पढेको मात्र काम लाग्छ भनि जानी जानी नक्कल कसरी गराउनु भनि दोधारमा परे l भोलि आफुलाई बिकाउन उसले आफुले नै पढ्नु पर्छ भनि उत्प्रेरणा गरे l तर छाटकाट उत्रिण होला जस्तो लागेन l अरुले पनि सहयोग गर्नु पर्छ भने पछि मरोस भनि सहयोग गरे l

जसरि भए पनि परीक्षामा उत्रीण हुनु छ l घरमा नै बास हुने गरि आई रह्यो l सहयोग गर्नै पर्ने बाध्यता जस्तो भयो lबारम्बार आग्रह गरे पछि मैले पनि रातो भाले जाडो महिनामा परिकल्पना गरे l मंगसिरमा कालो भालेको मासुमा खोर्सानी हालेर झोल खान पाए अहा सम्झे l आग्रह स्वीकार गरे l सम्झौता चाही गणित र अंग्रेजी बिषयमा मैले परीक्षा केन्द्रमा बाहिर बस्ने सम्झौता भयो l परीक्षार्थीले भित्रबाट ढुंगामा प्रश्न राखी बाहिर फ्याल्ने सम्झौता भयो l

मैले समाधान गरि पछि अर्कै एक सहयोगीबाट पुर्याउने गरियो l एक घण्टा जति हिडेर जानु पर्ने भयो l नक्कलमा सहयोग गराउने देखेर गणित पढाउने शिक्षक आएर मलाई परीक्षा केन्द्रबाट टाडा बस्न आग्रह गर्नु भयो l मैले आफुलाई अंग्रेजीमा महा पण्डित झैँ गरि वहालाई अंग्रेजीमा जवाफ दिए l त्यो बेलामा अहिले जस्तो म बिसुद्ध नेपाली बोल्दिन थिए l शिक्षक आश्चर्य मान्नु भयो l मलाई बुढानिल कण्ठमा पढ्नु हुन्छ प्रश्न राख्नु भो l

kukhura-

मेरो जीवनको सबै भन्दा आफुलाई ग्लानी लागेको दिन त्यो भयो l अफसोच लागेको दिन त्यहि भयो l किनभने म मा कत्रो अहंकार रहेछ l नेपालीमा सोधेको सवाललाई नेपालीमा किन जवाफ नदिएको भन्दै धेरै बर्ष सम्म यो कुराले मलाई खाई रह्यो l अर्को कुरा मैले राम्रो काम गरेकै हैन भनि पछि सम्म पोली रह्यो l

बिद्यार्थी भूस्कूल छ ,त्यसले कसरि आफ्ना सन्तानलाई शिक्षाको ज्योति देला भनि मलाई धेरै बर्ष सम्म पनि पिराली रह्यो l म हाल करिब ८ बर्ष देखि अमेरिकामा छु l कुनै चिज पनि लेख्दा बिसुद्ध नेपाली मात्र लेख्न थालेको २० बर्ष भयो l मैले नेपालीमा मात्र नेपाली मूलका मान्छे संग बोलेको दुई दशक भएछ l मैले एउटा युवकलाई उसले आफै सिक्नु पर्ने दायित्वमा निरुत्साहित गर्नु पर्नेमा प्रोत्साहन गरेछु l

मेरो पुर्खाले जोडेको खेतीमा दुई महिनाको अवधिमा जसलाई मैले चिट (नक्कल )चोराउन ठुलो भूमिका निर्वाह गरे l आखिर अलि अलि आफुले जानेको कुरामा सहयोग कै कारण उ ८ कक्षा बाट ९ कक्षामा खुट्किलो टेक्न सफल भयो

परीक्षा फलको नतिजा हुने बित्तिकै पाठशालाबाट खुशीले हस्याङ्ग पस्यांग गर्दै म संग बत्तीस वटा दांत देखाउदै आयो l र त्यहि करिब धार्नी जत्रो रातो भाले ल्यायो l कालो मसिनो चामलको भात र रातो भाले बारीमा पकाएर मस्त खाईयो l खोर्सानी र मसला सिलौटोमा पिधेर बनाएको कति मिठो l

भुस्कुल बिद्यार्थी यति हर्षित देखियो कि उसले नै जंगलमा एक्लै गएर बाघ मारेर आएको जस्तो गर्यो l सोझा आमा बुवालाई एक मन धान दिनु भनि जिद्दी गरि रहेको थियो l भाले किन्न को लागि l के गरेर भाले ल्यायो उही जानोस l सम्झौता र सर्त अनुसार मैले सहयोग गरे l धर्म निभाए l

तर नैतिक रुपमा मैले आफुलाई क्षमा गरिन l धेरै दिन भयो उ कहाँ पुग्यो होला भन्ने सोच्दै जादा हाल खाडी मुलुकमा काम गर्दै छ अरे भनें सुनियो l परदेशमा आफु रहेता पनि अहिले सम्म त्यो कुरा मेरो मानस पटलमा ताजै छ l

………………………………………………………..अस्तु

प्रतिक्रिया