शुक्रबार, मंसिर १२ २०७७
काठमाडौं १२:००
वासिङटन डिसी 01:15

विकास राज न्यौपाने , अमेरिका I

इनेप्लिज २०७२ भदौ २९ गते १९:४९ मा प्रकाशित

_BRN8492

नेपाली नारीहरुको महान पर्ब तीज धुमधाम संग मनाउने क्रममा अमेरिकाको टेक्सास राज्यको ड्यालस क्षेत्रमा नेपाली समाज टेक्सास (NST) तथा इन्द्रेणी संस्कृतिक संघ को संयुक्त आयोजनामा सेप्टेम्बर १२, शनिबारको दिन भब्य तीज कार्यक्रमको आयोजना गरियो।

_BRN8545

कार्यक्रममा NST अध्यक्ष भुवन आचार्य, इन्द्रेणी अध्यक्ष नेत्र पाण्डेले शुभ-कामना ब्यक्त गर्नु भयो। कार्यक्रमको संचालन यमुना भट्टराईले गर्नु भएको थियो। साँझ ७:०० शुरु भएको उक्त कार्यक्रममा निकै नृत्य / गीत तथा तीजका गीतमा रमेका महिलाहरुको झम झम हेर्दा नेपालमै रहेको जस्तो भान हुन्थ्यो। यतिको रातो ड्यालस यस अघि नदेखेको प्रतिक्रिया पायियो धेरैबाट।

_BRN8525

कार्यक्रममा नाच्ने, गाउने र बजाउने तारतम्य अलिक नमिलेको अन्दाज समाजका महासचिब विजयराज भट्टराईको दौड धुपले सहज अनुमान हुन्थ्यो। पहिले टुंगो भै सकेको गायक तथा नृत्य कलाकार समयमा आइनपुग्दा अलिक व्यस्त हुनुपरेको कार्यक्रमको सहज संचालनका लागि , उहाले बताउनु भयो।

कैलिफोर्निया बाट आएकी अतिथि कलाकार निकी कार्कीको गीतले सबै लाई नचाएकी थीइन I

गत बर्ष नेपालीहरु द्वारा निर्मित आफ्नै कम्युनिटी सेन्टरमा मानिएको तीजमा अलिकति पार्किंग सुबिधामा रहेको कमि आएको र होचो छतको कारण गर्मी भएको गुनासोको सम्मान गर्दै तीजमा अलिक जमेर नाच्ने दिदि बहिनीको रहरको कदर गर्दै कार्यक्रम होटेलको ठूलो हलमा गरिएको आयोजकले जानकारी दिए।

_BRN8434

तिजौलो सृंगारमा रमेको साँझ १:०० बजेको बिहानी सम्म चलेको थियो। कार्यक्रममा महिला दिदि बहिनी तथा उपस्थित सबैका लागि NST/ICA ले हिन्दु संस्कृति झैँ माइती आएकी चेली लाई झैँ दर खाने व्यवस्था समेत गरेको थियो। कार्यक्रममा ६०० टीकट बिक्रि भएको, कलाकार तथा १० बर्ष मुनिका बाल-बालिका निशुल्क प्रवेश रहेको हुँदा सबै गरि झन्डै झन्डै ७५० नारी-पुरुषहरु तथा उपस्थिति रहेको जानकारी गराउनु भयो एनएसटि प्रोग्राम भीपी तारा भुषाल तथा समाज सेबी चन्द्रमणि पाण्डेले । ठुलो मास लाई खानपिनमा सहज ब्यबस्थापन गरिएको थियो। हिमालयन टेम्प्टेसनका संचालक शुशिल क्षेत्रीले निकै मीठो स्न्याक्स तथा खाना खुवाएकोले यसपटक आयोजकले खानपिनमा कुनै गुनासो सुन्नु परेको देखेन मेडियाले।

_BRN8460

कार्यक्रममा पहिरन बुटिकका तर्फबाट सुष्मिता पोखरेलले उपस्थित दर्शकहरु लागि तीज सारी तथा कुर्ता सुरुवाल १ – १ जनालाई Give away उपहार प्रदान गर्नु भयो।

_BRN8397

प्रतिक्रिया