वाशिंगटन डिसीमा भब्यताकासाथ तीज सम्पन्न

इनेप्लिज २०७२ भदौ २९ गते ११:२३ मा प्रकाशित
15091509bh

१५ सेप्टेम्बर २०१५ – अमेरिकाको राजधानी वाशिंगटन डिसी नजिकै भर्जिनियाको फल्सचर्चसिटीमा भब्यताकासाथ तिज मनाईयो ।राजधानी वाशिंगटन डिसी देखी १५ मिनेटको दुरीमा पर्ने फल्सचर्च लिहाईवेको टिम्बरलेन लिवोएक्स अपार्टमेन्टको कम्युनिटी सेन्टरमा आयोजित हरितालिका तिज कार्यक्रममा करिब ३०० नेपाली महिलाहरु तिजको गितमा कम्मर मर्क्याई मर्क्याई नाचे ।

 रातो चुरा, पोते र रातो सारीमा सजिएर आएका दिदि बहिनीहरु सबैभन्दा बढ्ता ’की लाग्छ सम्झना माईती देश को ’ भन्ने बोलको तिजको गीतमा सबैजना सबैभन्दा बढ्ता नाचेको देखियो । नाचगान शुरु हुनु अघि दिदि बहिनीहरुलाई दर खुवाईएको थियो । अन्य ठाउँको तिजमा नपाईने नयाँ चिज ईछ्या भएका दिदिबहिनिको लागी हल्का दारुपानीको पनी व्यवस्था गरिएको थियो । त्यसैले होला नाचगान जम्नु जमेको थियो।

 यो तिज कार्यक्रमको अर्को नयाँ पक्ष थियो यो कुनै नेपाली संस्थाको आयोजनामा गरिएको थिएन । कुनै संस्थाको आयोजनामा नभएर स्वस्फुर्त रुपमा बिगत ५ बर्ष देखी हरेक बर्ष यो तिज कार्यक्रम आयोजना गर्ने गरेको कुरा कार्यक्रमका संयोजकहरु भुवन केसी र प्रकाश सापकोटाले डिसी नेपाल डट कम लाई बताए ।

प्रतिक्रिया