शुक्रबार, मंसिर १९ २०७७
काठमाडौं १६:२५
वासिङटन डिसी 05:40

अरोरा, कोलोराडो नेपाली समाजको आयोजनामा महिलाहरूको महान् चाड तिज सम्पन्न

इनेप्लिज २०७२ भदौ २८ गते १४:२९ मा प्रकाशित
ishani
कोलोराडो, -नेपाली महिलाहरूको नजिकिदै गरेको नेपाली महिलाहरूले परा पुर्वकाल देखि मनाउदै आईरहेको महान् पर्व हरितालिका तीजको अवसर पारेर यही सेप्टेम्बर १२ शनिवारको दिन अरोरा नेपाली समाजको आयोजनामा याक एन्ड यती रेस्टुरेन्टमा भव्य पारिवारिक तीज कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमको सुरुवात औपचारिक रूपमा गरिए पनि डिनर कार्यक्रमबाट अनौपचारिक रूपमा अघि बढाईएको थियो ।
15
उक्त कार्यक्रममा मिस नेपाल २०१३ इशानी श्रेष्ठले नेपाली दिदी बहिनीहरूलाई शुभ-कामना व्यक्त गरेकी थीइन । साँझ छ बजे सुरु भएको उक्त कार्यक्रममा जोडीको नृत्यको प्रतियोगिता गरिएको थियो । प्रतियोगितामा राम तथा गीता घिमिरेको जोडी प्रथम, चन्द्र तथा संगिता खत्री दोस्रो र श्याम तथा सन्जिता नेपाल तृतिय भएका थिए । पुरस्कार स्वरूप याक एन्ड यती रेस्टुरेन्टको तर्फबाट फ्री डिनर अथवा लन्चको कुपन दिइएको थियो । कार्यक्रममा सात वटा डोर पुरस्कारको पनि ब्यबस्था गरिएको थियो ।
7
अहिले नेपाली चाड पर्वहरुको रौनकता देशमा भन्दा परदेशमा बसोबास गर्ने नेपाली समुदायमा प्रचुरमात्रमा प्रचार प्रसारका साथ मनाउने कार्य भैरहेको छ । अहिले तीजको कार्यक्रम विभिन्न नेपालीहरूको संस्थाद्वारा आयोजित हुनुको साथ साथै व्यक्तिगत रूपमा आ-आफ्ना नजिकका सँगी साथी बोलाई नाच गान गरी मनाउने चलन बढ्दै गइरहेको छ ।
गीत तथा तिजका गीतमा रमेका महिलाहरूको झम झम हेर्दा नेपालमै रहेको जस्तो भान हुन्थ्यो । यतिको रातेम्बै अरोरा यस अघि नदेखेको प्रतिक्रिया धेरैबाट पाइएको थियो । निकै व्यवस्थित हल, तिजौलो सृंगारमा रमेको बेलुका ११ बजे सम्म चलेको थियो । कार्यक्रममा महिला दिदी बहिनी तथा उपस्थित सबैका लागि अरोरा नेपाली समाजले हिन्दु संस्कृति झैँ माइती आएकी चेलीलाई झैँ सहुलियत दरमा दर खाने व्यवस्था समेत गरेको थियो । कार्यक्रममा करिब २०० नारी तथा पुरुषहरूको उपस्थिति रहेको जानकारी गराउदै, यस उपस्थितिले आयोजकलाई सन्तुस्टी मिलेको कार्यक्रम संम्योजक मध्येका राजेन्द्र सिक्देलले बिआरटी नेपाललाई जानकारी गराउनु भयो ।
1
राधा कृष्ण खडका, राजेन्द्र सिग्देल तथा शैलेश पोखरेलको संम्योजनमा उक्त कार्यक्रममा गरिएको थियो भने डिजे पवन विश्वाकर्माले गरेका थिए । कार्यक्रमको सन्चालन गङ्गा चौलागाईं तथा कुमार कार्कीले गर्नु भएको थियो । अरोरा नेपाली समाजकै आयोजनामा आगामी अक्टुबर १७ तारिखमा दसैँको पनि कार्यक्रम गरिने जानकारी दिइएको थियो ।
फोटो: शैलेश पोखरेल

प्रतिक्रिया