एनआरएनए जाम्बियाको अध्यक्षमा बिदुर खनाल निर्वाचित

इनेप्लिज २०७२ भदौ २८ गते १४:०३ मा प्रकाशित

unnamedएनआरएनए जाम्बियाको दोश्रो बार्षिक साधारण सभा हालै जाम्बियाको राजधानी लुसाकामा सम्पन्न भएको छ | सभाले बिदुर खनाललाइ सर्बसम्मतिले अध्यक्षमा निर्बाचित गरेको छ | त्यसै गरि प्रकाशचन्द्र घिमिरे उपादक्ष्य , अजिज रहमानी महासचिब र भिमबहादुर बम लाई कोषाध्यक्षमा निर्बाचित गरेको छ |

कार्य समितीको सदस्यहरुमा सन्ध्या खनाल , इन्दिरा उप्रेती ,मोतिलाल श्रेष्ठ , दिपक प्रसाद ढुंगाना ,पोषण राज बस्नेत ,खेम नारायण पौडेल र रघुबर दत्त भट्ट रहनु भएको छ | त्यसगरी सल्ल्हाकारहरुमा अंगिरा आचार्य ,रामजी ढकाल र बिशाल नाथ उप्रेती मनोनयन हुनु भएको छ |

साधारण सभाले जाम्बियाका गरिब र दुखि समुदायका लागि कल्याणकारी परियोजना संचालन गर्ने निर्णय समेत गरेको छ |

प्रतिक्रिया