अखिलको बालचित्रकला प्रतियोगिता

इनेप्लिज २०७२ भदौ २८ गते ४:२७ मा प्रकाशित

काठमाडौँ, २८ भदौ । बाल दिवसको पूर्व सन्ध्यामा नेकपा (एमाले) निकट अनेरास्ववियुको केन्द्रीय अतिरिक्त क्रियाकलाप विभागले आइतबार यहाँ चित्रकला प्रतियोगिताको आयोजना गरेको छ ।

काठमाडौँ उपत्यकाका करिब १०० विद्यालयका विद्यार्थी सहभागी कार्यक्रममा बालबालिकाले समसामयिक र आफ्ना रुचिका विषयमा चित्र कोरेका थिए । उनीहरुले भूकम्पपछिको आफ्ना पढाइ र जीवनका विषय पनि चित्रमा उतारेका थिए । कार्यक्रममा बोल्दै एमालेका विद्यार्थी फाँट प्रमुख तथा केन्द्रीय सदस्य रवीन्द्र अधिकारीले विद्यार्थीको चित्रले आजको समसामयिक जीवन बोलेको बताउनुभयो । उहाँले सहभागी विद्यार्थीलाई प्रमाणपत्र वितरण गर्नुभयो ।

अनेरास्ववियुका महासचिव नवीना लामाले विद्यार्थीबीच सङ्गठनलाई सक्रिय बनाउन चित्रकला प्रतियोगिताले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।

सचिव राधिका खतिवडाले विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा सहभागी बनाइराख्न आवश्यक भएको बताउनुभयो ।

प्रतिक्रिया