नेपालीघरको पाचांै साधारण सभा अक्टोबरमा

इनेप्लिज २०७२ भदौ २७ गते २२:०८ मा प्रकाशित

logo

सेप्टेम्बर ११, २०१५

कोलोराडो, अमेरीका

कोलोराडोमा नेपालीहरुको भाषा, संस्कृतीको संरक्षणार्थ सकृय नेपालीहरुको साझा संस्था नेपालीघरको पाचौं साधारणसभा अक्टोबर १० शनिबारका दिन हुने भएको छ ।

संस्थाको अगष्ट ७ का दिन सम्पन्न कार्यसमितीको बैठकले पाचौं बार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो । संस्थामा हाल साधारण तथा आजिवन सदस्य गरि जम्मा २ सय ७ रहेको बताउदै अध्यक्ष योगराज गौतमले सबै सदस्यहरुलाई ईमेल मार्फत जानाकारी पठाई सकिएको र कुनै कारणवस ईमेल प्राप्त नभए यसैलाई आधार मानी सहभागी हुन आग्रह गरेका साधारण सभामा गत वर्ष भए गरेका कृयाकलापको समिक्षा, आर्थिक प्रतिवेदन प्रस्तुत र विशेष गरि संस्थाको भावी कार्यदिशा तयार गरिने बताउदै गौतमले अव चाडै नै साधारण सभा हुने स्थान र समय तोकी पुःन सबै सदस्यहरुलाई इमेल गरिने बताएका छन् ।

नेपालीहरुको भेषभुषा, भाषा संस्कृती, रिती स्थिती चाल चलन सबै झल्कने एक नेपाली घरको निर्माणार्थ कृयाशिल यससंस्थाले आºनो संस्कृती संरक्षणको लागी बेला बेलामा विभिन्न सा“स्कृतिक कार्यक्रमहरुको आयोजना गर्दै आएको छ ।

DSC_0062

प्रतिक्रिया