डिसीमा बी.पी. जन्म जयन्ती तथा गणेश मान सिंह जन्म शताव्दी बिशेष कार्यक्रम सम्पन्न

इनेप्लिज २०७२ भदौ २७ गते २०:५४ मा प्रकाशित

Untitledनेपाली जनसम्पर्क समिति अमेरिका भर्जिनिया शाखाको आयोजनामा नेपाली कांग्रेसका संस्थापक, नेपाली प्रजातान्त्रिक ईतिहासका महान पुरुष,प्रथम जन निर्वाचित प्रधानमन्त्री एवं बरिष्ठ साहित्यकार स्वर्गिय विश्वेश्वर प्रसाद कोइरालाको जन्म जयन्ती साथै नेपाली कांग्रेसका संस्थापक एवम जनआन्दोलन २०४६ का सर्बोच्च कमान्डर लौह पुरुष स्वर्गिय श्री गणेश मान सिंह ज्यु को जन्म शताब्दीको अवसरमा जन्म शताब्दीको बिशेष कार्यक्रम डिसी महानगर क्षेत्रको भर्जिनियामा भब्यताको साथमा सम्पन्न भएको छ l

उक्त कार्यक्रमको नेपाली संघ संस्थाका पदाधिकारी ,बुद्धिजिवी,साहित्यकार,कलाकार,सन्चारकर्मी,बिध्यार्थी,ब्यवसायी ,समाज सेवी ,बिभिन्न राज्यहरु बाट समेत आमन्त्रित बिसेष व्यक्तित्वहरुको गरिमामय उपस्थिति रहेको थियो l

IMG_2052

नेपाली जनसम्पर्क समिति अमेरिका भर्जिनिया शाखाका पदाधिकारीहरुको परिचय गर्दै यम कुमार सिटौलाले कार्यक्रम संचालन गरेका थिए l कार्यक्रममको सरुमा स्व बी.पी.कोइराला तथा गणेश मान सिंहको तस्बिरमा माल्यार्पण गर्दै एक मिनेट मौन धारण गरिएको थियो भने स्वागत मन्तब्य शाखाका उप सभापति टंक दाहालले गरेका थिए l

असल मान्छे बन्नु पर्छ भन्ने बीपीको धारणा थियो भन्दै कुसे औशी कै दिन सम्झेर यो कार्यक्रम राखेको शाखाका अध्यक्ष राम शरण हुमागाईले मन्तब्य व्यक्त गरेका थिए l

IMG_2053मन्तब्य राख्ने क्रममा नेजाका अध्यक्ष गौतम दाहालले महा मानव बिपी कोइरालालाई दलको दायरा भित्र राखे अन्याय हुने विचार राखेका थिए l साहित्यकार कृष्ण धराबासीले बिपी र गणेश मानको बारेमा बोल्दै उनीहरुको अगाडी कसैलाई राख्न सक्दैनौ भन्दै बीपीको राजनैतिक बारेमा चर्चा नगरी साहित्य बारेमा मात्र चर्चा गरेका थिए l आफुले लेखेका पुस्तकहरु बारेमा चर्चा गर्दै आफुले २०४८ सालमा बिपी कोइरालाका उपन्यासहरु पहिलो लेखेको बताए l

IMG_2112कबि तथा साहित्यकार गोपाल रेग्मीले बीपीको बारेमा समर्पित गर्दै राष्ट्र मेल मिलाप तथा आई लव यु भन्ने कविता वाचन गरेका थिए l यसै गरि अर्जुन दाहाल ,अर्जुन सिग्देल ,राम चन्द्र भट्टराई ,राम मिश्र ,राजेन्द्र सेन्चुरी तथा एनआरएन भर्जिनिया शाखा सचिब कृष्ण भण्डारीले सान दाई भन्ने कविता वाचन गरेका थिए l

अमेरिका नेपाल सोसाइटीका पूर्व अध्यक्ष नगेन्द्र पौडेलले मन्तब्यको क्रममा बिपी कोइराला तथा गणेश मान सिंहले प्रजातन्त्र का लागि शिरमा कात्रो बानि नेपाली जनतालाई प्रजातन्त्रको सास फेर्ने बातावरण बनाईदिने वहाहरुलाई शिर निहुर्याएर सम्मान गर्न चाहन्छु भन्दै शिर झुकाएका थिए l

IMG_2096यसै गरि अमेरिका नेपाल सोसाइटीका अध्यक्ष जीवन तिवारीले जन सम्पर्क समितिले अमेरिकामा प्रभावकारी काम गर्न अग्रसर होस् भन्ने सुझाब राखेका थिए l अमेरिका नेपाल सहयोगी समाजका अध्यक्ष सागर कंडेलले बीपीको मेल मिलापको नीति नेताहरुले बुझ्नु पर्ने अवस्था भएकोले त्यो संदेश अमेरिका बासीको तर्फ बाट जनसम्पर्क समितिले नेपाल पुराउनु पर्ने विचार राखेका थिए l

एनआरएन भर्जिनिया शाखाका अध्यक्ष मुक्ति दवाडीले बिपी कोइराला मेल मिलापको नीति र गणेश मान सिंहको पद त्याग गर्ने समर्पण को सराहना गरेका थिए l

IMG_2115यस्तै गरि संस्थापक सदस्य पवन खनालले महिला नेतृत्वको बारेमा बोल्दै बिपी र गणेश मान सिंहको बारेमा जति बोले पनि न सकिने बताएकी थिइन् l न्युमेक्सिकि जन सम्पर्क समितिका पूर्व सभापति देश राज संयोकले नेपालमा कसरि आवाज पुर्याउने हो त्यो कुरामा ध्यान दिनु पर्ने बताए l नेपाली जन सम्पर्क समिति अमेरिकाका पुर्व सह संयोजक तथा महासमिति सदस्य बेद खरेलले बिपी कोइरालाको राजनैतिक विचार अहिले नेताहरुले अबलम्बन गर्न नसकेको तथा गणेश मान सिंह जस्तो त्यागी नेता बाट हामीले थुप्रै कुरा सिक्नु पर्ने बताए l

नेपाली जनसंपर्क समिती न्युयोर्क लङ अाइलैन्ड्का सभापति विश्वराज बास्तोलाले आफु २०४५ सालमा राजनीतिमा लागेको भन्दै बिपी र गणेश मान सिंह प्रति भावपूर्ण रुपमा श्रद्धा गर्न चाहन्छु भने यसै गरि अर्थविद डा सुक देव शाहले नेपाल ईंडूरिङ्ग पोभरटि बारेमा केहि जानकारी दिएका थिए l

IMG_2049 - Copyनासोका अध्यक्ष गोपाल बिश्व कर्माले जहाँ विभेद हुन्छ त्यहाँ बिद्रोह हुन्छ मन्तब्य राख्दै बिपी र गणेश मान सिंह लाई संस्मरण गरेका थिए l यसै गरि मन्तब्य दिने क्रममा जन सम्पर्क समिति भर्जिनियाका पूर्व अध्यक्ष केशव बरालले बिपी कोइराला र गणेश मानको त्याग र तपस्या बारेमा छोटो चर्चा गरेका थिए l

जन सम्पर्क समिति अमेरिकाका महा सचिब मुनेन्द्र नेवांगले बिपी कोइरालाले र गणेश मान सिंहले छोडेको कुरा अंगाल्न नसक्दा हामी कतै बाटो बिराएका त छैनौ भनि ध्यान आकर्षण गरेका थिए l प्रमुख अतिथि अमेरिकाका लागि नेपाली राजदुत डा अर्जुन कुमार कार्कीले मन्तब्य राख्दै बिपी कोइराला नेपालका मात्र हैन विश्व मै चर्चा रहेको जग जाहेर छ भन्नु भयो l गणेश मान सिंह र बिपी कोइरालाको बारेमा बोल्ने भन्दा शिर निहुर्याएर सम्मान तथा श्रद्धान्जली गर्दा अर्थ पूर्ण हुन्छ भन्नु भयो l

जन सम्पर्क समिति अमेरिकाका केन्द्रिय अध्यक्ष आनन्द बिष्टले देश रोई रहेकोमा दुख लागेको भन्दै मुलुकले कहिले निकास पाउछ भन्ने कुरामा चिन्ता लागेको बताए l

IMG_2073

एक आपसमा काटमार र झगडा छ त्यसको अन्त्य हुनु पर्छ भन्ने आफुले वकालत गर्ने भन्दै जब जब देशमा युगान्तकारी परिवर्तन हुन्छन त्यसमा बिदेशमा बस्ने नेपाली चुप लागेर बस्दैनन बिष्टले भने l

जन सम्पर्क समिति अमेरिकाकाको गतिबिधि बारेमा संक्षेपमा जानकारी दिदै जन सम्पर्क समिति अमेरिकाले अब ठुलो भूमिका निर्वाह गर्ने विश्वास दिलाएका थिए l उक्त अवसरमा केसव बराललाई केन्द्रिय उप सभापतिमा बिधान अनुसार मनोनित गरेको घोषणा गरेका थिए l  यसै गरि नेपाली जन सम्पर्क समिति अमेरिकाका पुर्व सह संयोजक तथा महासमिति सदस्य बेद खरेल तथा जन सम्पर्क समितिका पूर्व संयोजक बिष्णु सुबेदी लाई केन्द्रिय सदस्यमा मनोनित गरिएको घोषणा गरेका थिए l कार्यक्रमको सभापतित्व राम शरण हुमागाईले गरेका थिए l

IMG_2107 IMG_2105 IMG_2104 IMG_2097 IMG_2098 IMG_2116

IMG_2088 (1) IMG_2085 (1) IMG_2093 IMG_2066

IMG_2027 IMG_2031

प्रतिक्रिया