साउदी क्रेन दुर्घटनामा छ जना पाकिस्तानीको मृत्यु भएको पुष्टि
इनेप्लिज
२०७२ भदौ २७ गते १४:२२ मा प्रकाशित
इस्लामाबाद (पाकिस्तान), २७ भदौ । साउदी अरबको मक्कामा शुक्रबार भएको क्रेन दुर्घटनामा छ जना पाकिस्तानी नागरिकको मृत्यु भएको इस्लामाबादले पुष्टि गरेको छ ।
साउदी अरबका सरकारी अधिकारीका अनुसार उक्त घटनामा १०७ जनाको मृत्यु भएको थियो । त्यस्तै ३०० भन्दाबढी इस्लाम धर्मालम्बी घटनामा घाइते भएका थिए ।
साउदी अरबस्थित पाकिस्तानी राजदूत मन्जुर उल–हकले मस्जिदमा भएको दुर्घटनामा छ जना पाकिस्तानी नागरिकको मृत्यु भएको र ३६ जना घाइते भएको बताउनुभयो ।
सबै घाइते पाकिस्तानी नागरिकको मक्कास्थित विभिन्न तीन अस्पतालमा उपचार भइरहेको राजदूतावासले जनाएको छ ।
हजयात्रामा गएका १० जना पाकिस्तानी नागरिक हराइरहेको पाकिस्तानी स्रोतले बताएको छ ।
यो वर्षमात्रै मक्कामा १ लाख ५० हजार पाकिस्तानी नागरिक प्रार्थनासभामा सहभागी हुन गएको धार्मिक मामिला मन्त्रालयले जनाएको छ ।
टेनेसीमा ७० बर्षिय बृद्धले पानीहाँसका २ शिकारीलाई गोली हानी हत्या
मिसिगनकी गभर्नर ग्रेचेन व्हाइटमरलाई अपहरण गर्ने योजना बनाउने योजनाकार दोषी ठहर
अमेरिकी सदनमा दंगा र बिद्रोहमा संलग्न भएका १५० जनालाई न्याय विभागद्वारा अभियोग
अमेरिकामा एकैदिनमा कोरोनाबाट १ लाख ४२ हजार संक्रमित,३९९० जनाको मृत्यु
युट्युबले ट्रम्पलाई निलम्बन गरेको म्याद अनिश्चितकालको लागि बढायो,रुडी जुलीयानीको खातापनि स्थायी रुपमा निलम्बित
प्रतिक्रिया