अमेरिकामा खादा लगाउदैमा सम्मान कार्यक्रम हुन्छ त ?

इनेप्लिज २०७२ भदौ २७ गते ११:५३ मा प्रकाशित

BIJAY THAPA

अमेरिकामा अहिले आएर सम्मान कार्यक्रम ह्वातै बढेको छ l सम्मान गर्न सामग्री जुटाई रहनु पर्ने झन्झटबाट मुक्त भएको छ l सम्मान कार्यक्रममा अब निकै सस्तो पर्ने भएको छ l खासै केहि जुटाई रहनु पर्दैन l न त ताम्रपत्र नै चाहियो नत कुनै पदक या काँचको चौघेरो (फ्रेम ) नै चाहियो l

यसरि पनि सम्मान कार्यक्रम गर्ने र गराउने संख्या अमेरिकामा बढेको छ l सम्मान भनेको कुनै पनि व्यक्ति या संस्थाले गरेको महानतम तथा अद्वितीय कार्यको उच्च मुल्यांकन गर्दै व्यक्ति तथा संस्थालाई प्रदान गरिने बिशेष पुरस्कारलाई बुझिन्छ l

समाज सेवामा निरन्तर लागि रहने तथा काम गर्नेलाई प्रोत्साहन स्वरुप अनवरत रुपमा सेवामा मन लागोस भनि सम्मान गरिने गरिन्छ l अब त्यो रहेन ,सम्मान गरिने परिपाटिको विकास हुन् थालेको छ l सम्मान कार्यक्रमलाई अति सस्तो बनाईदैछ l र आकस्मिक कार्यक्रममा परिणत गरिदै देखिएको छ l

सम्मानित हुने व्यक्तिलाई दुई चार शब्द अभिव्यक्त गर्न दियो र सम्मानित भएको घोषणा गरि दियो l र ,एउटा सानो गुच्छा फूल थमाई दिदैमा व्यक्ति सम्मानित हुने भयो l जसको कारण आयोजक पनि सम्मान कार्यक्रम सफलता पुर्वक सम्पन्न गर्न पाएकोमा र सम्मानित हुने व्यक्ति पनि खुशी भएको देखिएको छ l

सम्मान तथा अभिनन्दन समारोह भनि डम्फु बजायो अनि कार्यक्रममा सिन्को पनि नभाचे हुने भयो l किनभने नेपालबाट मगाईएका बिभिन्न रंगका खादा ओढाई दियो कुरा सक्की गो नि l यति मात्र हैन कार्यक्रमको बीच मै नेपालबाट कोहि आगन्तुक झुक्किएर या संयोग बस आई पुगेको सुईको आयोजकले पाए भने अतिथिलाई एउटा खादा लगाई दियो त्यो पनि सम्मान हुने भो l

यसरी नै सम्मानित हुने परिपाटी झांगियो भने खुलाचौर र चौकमा पनि सम्मानित कार्यक्रम हुन् के बेर ?

आयोजकले सम्मानित हुने व्यक्ति संग केहि उम्काउनु छ उसलाई सम्मानित गर्यो अनि कुरा सकिएन त ? यसलाई सम्मान भन्ने कि के भन्ने ? सम्मानलाई अपमानबाट जोगाउन छ भने सम्मान समारोहलाई सम्मानको ईज्जत गर्न सक्नु पर्ने छ l सम्मानको गरिमा वृद्धि गर्न सबैले घोत्लनु अपरिहार्यता भएको छ l

एउटा गुलाबको फूल ,कही फूलको पात मात्र ,कही सानो चार पाँच वटा संकलित फूल दियो सम्मान कार्यक्रम हुने भो l अमेरिकामा पनि राष्ट्रपति द्वारा सैनिक तथा आम नागरिकलाई पनि भव्यताको साथ सम्मान गरिन्छ l त्यस्तो सम्मानमा सम्मानित व्यक्तिको लागि जीवन भर प्रेरणा दायी हुन्छ l सम्मानित व्यक्तिले अझ जिम्मेबारीको महसुस गर्दछन l

सम्मान कार्यक्रम को कुनै ठोस दिशा निर्देश हुदैन l केवल कार्यक्रम गर्ने हेतुले मात्र सम्मानको लागि कार्यक्रम मात्र गर्नु कति जायज हुन्छ ? केवल ब्यबहारिक ज्ञान ,समुदाय राष्ट्र तथा बिभिन्न संघ तथा संस्थाको द्वारा आयोजना गरिएका ईतिहास तथा अन्यबाट जानिने कुरा पनि हुन् l

सम्मानलाई सम्मान गर्न जान्नु पर्दछ l सम्मानलाई अनौपचारिक र हचुवाको भरमा गर्ने प्रयास गर्नु हुँदैन l झारा टार्ने कामको लागि मात्र सम्मान गरिने र स्वार्थसहित गरिएको सम्मान छ भने त्यसले अन्तत्वगत्वा कुनै लाभ दिदैन बरु बिबादास्पद बनाई दिन्छ l व्यक्ति आफु नायक हुन् मात्र गरिएको सम्मान कार्यक्रमको कुनै अर्थ हुदैन l सम्मान कार्यक्रम भनेर केवल संस्थाको नामलाई उच्च राख्न मात्र गरिएको मनसायले गरिएको सम्मान कार्यक्रम भए गलत हुन्छ l

सस्तो लोकप्रियताको लागि सम्मान कार्यक्रमलाई अगाडी सार्नु कदापी हुदैन l सम्मानलाई सम्मान गर्ने तौर तरिका र यसको प्रतिष्ठाको लागि सबैले ध्यान पुर्याउनु जरुरि हुन्छ l सम्मानित हुने व्यक्तिलाई सम्मान कार्यक्रममा सम्मानजनक मान राख्न सिकौ l

………………………………………………अस्तु

प्रतिक्रिया