इजरायलका दिदी बहिनीले मनाए तिज फोटो फिचर

इनेप्लिज २०७२ भदौ २७ गते ११:२८ मा प्रकाशित

Capture

 

 

 

 

 

 

 

 

 

 

 

 

तेल अभिव, इज़रायल

नेपाली नारीहरुको हर्ष र उल्लासको पर्व हरितालिका तिज इजरायलका नेपाली दिदी बहिनीहरु भेला भई रमाईलोका साथ मनाए । नेपाल मुक्तक प्रतिष्ठान इजरायल शाखाको आयोजनामा सेप्टेम्बर १२ शनिबार, शाखाकी अध्यक्ष सुचित्रा खनियाले आफ्नै कार्यरत निबास रिसोनमा विभिन्न संघ संस्थासित सम्बद्ध दिदी बहिनीहरुलाई स्वागत गरिन् ।
अतिथिहरुलाई स्वागत गर्दै बर्ष दिनमा आउने तिजमा मनका बह पोख्ने मात्र नभई समाजमा केही गरौं भन्नेहरुका लागि सकारात्मक सन्देश दिने अबसर पनि हो भन्दै दिदी बहिनीहरुमा शुभ कामना बाँडिन् ।सो अबसरमा एन. आर एन. इजरायलकी महिला उपाध्यक्ष यमुना ढकाल,सदस्य सरिता बिष्ट, नेपाली नारी आवाजकी कमला ढकाल, संगीता नेपाल, ”नारीका लागि नारी” बाट नितु खतिवडा, शिवसेन ठकुरी, सिता बिष्ट, हेल्पिङ हर्टसकी हजुरी शाह कंडेल, चितवन समाजकी सचिव सरिस्मा बराल, कुन्ता डण्ड प्रतिष्ठानकी संस्थापक निर्मला खड्का लगायतका अतिथिहरुले नेपालीहरु जहाँ पुगे पनि आफ्नो संस्कार र नेपालीपन कहिल्यै भुल्दैनन भन्दै शुभ कामना आदान प्रदान गरे ।

नमस्ते नेपाल हातमालो परोपकारी सामाजिक संस्थाका अध्यक्ष रामशरण बानिया, प्रबासी नागरिक समाजका अध्यक्ष नबराज खड्का नेपाल मुक्तक प्रतिष्ठान, इजरायल शाखाका उपाध्यक्ष सुरेन्द्र प्रर्साई, सचिव श्रीराम अधिकारी र सह सचिव बि.जे. ब्रि्रोही र्राईले फोनबाटै दिदी बहिनीहरुलाई शुभ कामना दिएका थिए । सो अबसरमा चेतना र सन्देशमुलक तिजका गीतमा नाचगान गर्दै आफ्नो दुख भुलेर प्रवासी भूमीमा नेपाली तीज पर्व मनाउने कार्य निकै हर्षोल्लासका साथ् सम्पन्न भयो ।

 

प्रतिक्रिया