मंगलबार, मंसिर ९ २०७७
काठमाडौं १२:२९
वासिङटन डिसी 01:44

कोलोराडोमा तीजको रमझम

इनेप्लिज २०७२ भदौ २७ गते ११:१८ मा प्रकाशित

732कोलोराडोको बोल्डर शहरमा नेपाली चेलिबेटीहरुले तीजको उपलक्षमा स्थानीय नेपाली रेस्टुरेन्टमा एक कार्यक्रमको आयोजना गरी घुमधामसँग मनाए | रोयल क्ले ओभन नामक रेस्टुराँकी धनी श्रीमती नीरा गौतमद्वारा आयोजित उक्तकार्यक्रममा नेपाली बिभिन्न परिकारको ब्यबस्था गरिएको थियो| कोलोराडोको बिभिन्न स्थानबाट भेला भएका चेलिबेटीहरुको बाक्लो उपस्थितीले गर्दा रेस्टुरेन्ट खचाखच भरिएको थियो |

680संधै झै यो साल पनि तीजको आयोजना गरि रमाईलो गर्न पाउँदा अत्यन्त खुसी लागेको बताउदै सबैलाई स्वागत गर्नमा ब्यस्त हुनुहुन्थियो श्रीमति नीरा गौतम| बिभिन्न नाचगान गरि रमाईलो गरिएको उक्त कार्यक्रममा केटाकेटीहरुको पनि राम्रो उपस्थिती रहेको थियो |यसरी  तीज मनाउन आमाका साथमा आउनुभएकी श्रीमती लुना पौडेल पनि अत्यन्त खुशी देखिनु भएको थियो| आमासंग धेरै बर्षपछि संगै तीज मनाउन पाएकोमा श्रीमती पौडेल दङग पर्नु भएको थियो |

उपस्थित महिलाहरु यसरी बर्षेनी तीज मनाउनाले आउदा पिडिहरुले पनि नेपाली सँस्कृतिको स्वाद लिन पाउने कुरामा जोड दिइरहेका थिए |

742 741 729 726 749

प्रतिक्रिया