आइतबार, मंसिर २१ २०७७
काठमाडौं ०३:४४
वासिङटन डिसी 16:59

एनआरएनलाई आफ्नो स्वार्थमा प्रयोग नगर्नुहोस् ।

इनेप्लिज २०७२ भदौ २७ गते ७:५६ मा प्रकाशित

IMG_3927

शनिवार गैरआवासीय नेपाली संघ (एनआरएन) अमेरिकाले बिशेष साधारण सभाको आयोजना गरिरहेको छ । आगामी दशैंको पूर्वसंन्ध्यामा काठमाडौंमा आयोजना हुने एनआरएनको विश्व शिखर सम्मेलनलाई मध्यनजर गर्दै बिशेष साधारण सभामा सहभागी हुन एनआरएन आईसीसीका अध्यक्ष शेष घले, महासचिव कुमार पन्त र उपाध्यक्ष डा वद्री केसी लगायतका आठवटा देशका र एनआरएन अमेरिका का सम्पूर्ण पदाधिकारि तथा च्याप्टरका विभिन्न स्टेटका विभिन्न ठाउमाँ विभिन्न पदका तथा सल्लाहकार समेतको भेलाले कार्यक्रम स्थल खचाखच भरिएको छ ।

IMG_3928

संसारमै सबैभन्दा धेरै साधारण सदस्य रहेको अमेरिकी एनआरएनको विशेष साधारण सभा न्युर्याेक स्थित फ्लसिगं सिटीको गणेशथान मंदिरमा भव्यताका साथ मनाईएको हो ।

IMG_3929

विशेष साधारण सभामा अन्तर्राष्ट्रीय एनआरएनका अध्यक्ष तथा नेपालका विशेष दुत शेष घले कार्यक्रममा वोल्दै भन्नुभयो एनआरएनमा दुई वर्ष अगाडिवाट धेरै राम्रो काम गर्ने मौक़ा पाइयो नेपालकै इतिहासमा हामी विदेशी नेपालीहरूले एनआरएनको माध्यमवाट देशमा गएको महा भूकम्पमा संसारवाट तीन सय नेपाली भोलेणडियरहरू खटिएर दुई हप्तामा १३ जिल्लामा १७ हज़ार भूकम्पवाट ध्वस्त भएका घर परिवारका हाम्रै दाजु भाइ दिदी वहिनीहरूलाई विना सर्त सहयोग गर्न खटीयौ यस्तो खालको सहयोग नेपालकै इतिहासमा पहिलो पटक गरेका हौ । हामीले ३५ महिना भित्रै एक हज़ार घर वनाउने प्रतिवध्दता जाहेर गरेका छौ । एनआरएन अमेरिकाले महाभूकम्पमा स्वास्थ्य सम्बन्धमा ठूलो सिविर संचालन गर्यो र हामीसँगै ठूलो अभियानमा ठूलो संख्यामा भूकम्पमा गरेको सहयोग अविस्मरणीय छ । एनआरएनक लाग्ने साथीहरूले एनआरएनमा समय , ईमानदारीता,निरन्तरताका साथ साथै एनआरएनलाई एनआरएन तथा नेपाल र नेपालीको हितमा प्रयोग गर्नु पर्दछ । एक पटकको नेपाली संधैको नेपाली भन्ने हाम्रो नारालाई र हाम्रा धेरै कुराहरूलाई नेपाल सरकारले सुनेको छ साथै हामीलाई हेर्ने धारणालाई पनी परिवर्तन आएको छ ।

IMG_3930त्यस्तै एनआरएन अमेरिकाको अध्यक्ष डा केशव पौडेलले हाम्रो कांधमा ठूलो ज़िम्मेवारी आएको छ । हामी सबै मिलेर देशमा गएको महा भूकम्पमा पुनर्निर्माणका लागी अगाडि वढनु पर्ने हुन्छ । हामी एनआरएनमा हाम्रा असल , ईमानदार , लगनशील र लीडरशीप गर्न सक्ने नेता पाएर हामीले गर्व गरेका छौ ।

IMG_3931
त्यसै गरि नेपालका महामहिम राजदूत डा अर्जुन कार्कीले भन्नुभयो म एनआरएनलाई अभिभावकको रूपमा मान्न चाहन्छु किन भने एनआरएनले राम्रो काम गरेको छ र संसारमै नेपालीहरूको सबै भन्दा ठूलो संगठन हो । त्यसै गरि ओवामाको सल्लाहकार संजिता प्रधान,महामहिम बाणिज्य दूत प्रेम राजा महतले भुपु नेपाली भन्न मिल्दैन नेपाली कहिल्यै भुपु हँदैन भन्नुभयो ,अन्तरराष्ट्रीय एनआरएनका टी वि कार्की, अन्तरराष्ट्रीय एनआरएनका मह सचिव कुमार पन्त.अन्तर्राष्ट्रीय एनआरएनका कोषाध्यक्ष बद्री के सी, आइसिसिको ओमेन कोर्डिनेटर सपिला राज भण्डारी,डा अम्विका अधिकारी,आइसिसिको सल्लाहकार रतन झा र राम खरेल त्यस्तै विष्णु माया परियार,आर सी नवराज गुरूगं,डिआरसी सोनामलामा,डा यस वी भण्डारी , डा यादव पंण्डित,एनआरएन अमेरिका का निवर्तमान अध्यक्ष खगेन्द्र जी सी एनआरएन अमेरिका का महा सचिव तिलक श्रेष्ठले वार्षिक प्रतिवेदन पेश गर्नुभयो । त्यसै गरि एसी शेर्पा लगाएत अरूले पनि एनआरएनको सफलताको कामना गर्नु भयों । उक्त कार्यक्रम एनआरएन अमेरिकाको अध्यक्ष डा केशव पौडेलको अध्यक्षतामा भएको र एनआरएनकै युथ कोर्डिनेटर वर्षा मोक्तानले संचालन गरेकी थिईन ।

प्रतिक्रिया